” जिउदाको जन्ती , मर्दाको मलामी भनिने दूतावास यतिबेला अभिभावकत्व निभाउन सक्दैन भने,नेपाली दूतावास यहाँ भएको के काम “
यतिबेला बिश्व कोरोना भाइरसको माहामारीमा छ्टपटाईरहेका छ्न ।विभिन्न अन्तर्राष्ट्रिय देशहरुमा वैदेशिक रोजगारीमा रहेका लगभग ४० लाख नेपालीहरु समेत यतिबेला कोरोनाको कारण समस्यामा,मारमा परेका छन । त्यस्तै समस्या झेल्नुपरेको छ्न मलेसियामा कार्यरत रहेका लगभग ५ लाख नेपाली श्रमिकहरुले। आफ्ना देशका नागरिक रहेको हरेक देशमा रहेका कुटनैतिक निकायले खेल्ने भुमिका कस्तो हुनुपर्छ त ? एतिबेला गम्भीर चासोको विषय बन्न पुगेको छ। थुप्रै देशले गरेको लकडाउन र त्यहाँ अबस्थित कुटनैतिक निकायले आफ्ना देशका नागरिकको प्रतिरक्षा गर्ने बारे खेल्ने भुमिका के छ्न त ? कसरी तिनिहरुको सुरक्षा गरिरहेको छ त ? म पनि मलेसियामै कार्यरत एउटा् नेपाली श्रमिक आज थोरै मलेसियामा रहेको नेपाली दूतावास (Embassy of Nepal ) को गतिविधि बारे कुरा गर्न खोज्दैछु। नेपालजस्तै करिबकरिब बरावर हैसियत भएको बाङ्लादेश अनि मलेसियामा रहेका बाङ्लादेशी नागरिकलाई हेर्ने कुटनैतिक निकाय (Bangladesh High Commission, Kuala Lumpur, Malaysia )ले यतिबेला एकदमै सराहनीय कार्यगरिरहेको छ।
मलेसियामा रहेका आफ्ना बाङ्गलादेशी नागरिकलाई कहाँ कति के समस्या छ्न सोधपुछ गर्दै कतै खाद्यान्नको अभाव पो छ कि ? अथवा अरुकुनै समस्यामा परेका छ्न कि ? खाद्यान्न नपाएका नागरिकहरुको लागी खाद्यान्न बन्दोबस्त गरिदिने । कतै तलब पो पाएका छैनन् कि ? कम्पनी संग कुरा गरेर तलब दिलाइदिने र समस्या समाधान गर्न सजिलो होस् भनेर बाङ्गलादेशको एमबिसीको वेबसाईटमा एउटा् डाटा कलेक्सन फर्म समेत खोलेका छ्न ? त्यहाँ प्रष्ट लेखिएको छ्न , अतिआवश्यक खाद्यान्न जस्तै चामल,नुन,तेल,प्याज,दाल आदि इत्यादि अर्डर गर्न मिल्ने।बाङ्गलादेशी कामदारले ती फर्म भरेर अथवा दूतावासमा टेलिफोन मार्फत सम्पर्क गरेर समेत ती खाद्यान्नहरु सितैमा प्राप्त गर्न सक्नेछ्न ।
यो सबै कुरा हाम्रो नेपाली राजदुतावासले पनि त गर्न सक्थ्यो होला नि ? नेपाली दूतावाससंग इच्छाशक्ति नभएको भनौ या यहाँ कार्यरत नेपाली चै समस्यामै नभएका हुन त ? मलेसियामा रहेको बाङ्गलादेशी दुतावासलाई सलाम गर्दै केही पाठ चाही हाम्रो नेपाली दुतावासले पनि सिक्ने कि ? हरेक कुरामा करिबकरिब बराबर हैसियत भएको बाङ्लादेशको दुतावासले मलेसियामा भएका कामदारको लागि अहिलेको अवस्थामा आवश्यक पर्ने यी सबै काम गर्न सक्छ भने हाम्रो पनि मलेसियाका लागी राजदुत महामहिम उदयराज पाण्डे ज्युले यो सिको गरिदिनु भयो भने एतिबेला बैधानिक कामदार रुममै भोकभोकै बसिरहेका छ्न भने अबैधानिक रूपमा काम गर्दै आएका दसौं हजार नेपाली काम बाट निकालिएका छ्न , खाना बस्न हम्य परिरहेको छ । भोकभोकै बसिरहेका ती कामदारहरुलाई थोरै राहत हुने थियो।अहिलेको अवस्थामा यो मेरो मात्रै अनुरोध र आवाज नभैई मलेसियामा कार्यरत करिब ५ लाख नेपालीहरुको अनुरोध पनि यहीँ हुन , त्यसैले मलेसिया स्थित नेपाली कुटनैतिक नियोग नेपाली दूतावाससामु स्यानो बिन्ती बिसाए । कृपया अहिलेको अवस्थामा यहाँ कार्यरत नेपाली कामदारलाई थोरै भएनी सकेको सहयोग गरिदिनुस , आभारी हुने थिएम । ” जिउदाको जन्ती , मर्दाको मलामी भनिने दूतावास यतिबेला अभिभावकत्व निभाउन सक्दैन भने,नेपाली दूतावास यहाँ भएको के काम ” ?
“माथी उल्लेख गरिएका विचार, र पाठमा व्यक्त भाव केवल लेखकको हो, र लेखकको नियोक्ता, संगठन, समिति वा अन्य समूह वा व्यक्ति विशेषसंग कुनै सम्बन्ध छैन।”





















