धनगढी तारानगर का सुरेश नागरिको मलेसियामा सङ्कास्पद मृत्यु ।

मलेसियाको क्वालालम्पुर चेरास स्थित ग्यालेक्सी सेकुरेटी कम्पनीमा कार्यरत सुरेश नागरिको सङ्कास्पद मृत्यु भएको छ । मृतकको खुट्टा भुईमा टेकिएको र कोठा भरि लतारिएको रक्ताम्य दृश्य देखेपछी साथीहरूले मृत्युु सङ्कासपद भएको आसङ्खा गरेका हुन।

पोस्टमार्टम रिपोर्ट आएपछी घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । घटना बारे नेपाली राजदुतावास लाई समेत जानकारी गराइसकेको मृतकका आफन्तले जानकारी दिए।