काठमाडौं := नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिनसक्ने बताउँदै अन्तराष्ट्रिय उडान पूर्ण रुपमा प्रतिबन्ध गरे पनि अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले धमाधम काठमाडौंमा उडान गरिरहेका छन्।
सरकारले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको हो। तर, सोमबार एत्तिहाद र कतार एयरवेजले काठमाडौँ उडान गरिरहेका छन्। दोहाबाट सोमबार दिउँसो सवा १२ बजे उडान भरेको कतार एयरवेज साँझ १८ः३७ बजे काठमाडौँमा आइपुगेको थियो।

त्यस्तै एतिहाद एयरलाइन्सको जहाज अबुदाबीबाट १२ः१४ बजे उडान भरेर सोमबार साँझ १८ः३७ बजे नै अवतरण गरेको थियो। यी दुवै जहाज बिहान उडान भर्ने सेड्यूल भन्दा ढिलोगरी नेपाल आएका हुन्। ( साभार : थाहा खबरबाट )




















