काठमाडौं:= यतिबेला बिश्वभरी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरसलाई नेपालमा भित्रीन,फैलिन नदिनको लागी उच्च सतर्कता अपनाउदै सरकारले भारत र चीन तर्फका सबै सीमा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सीमानाकाहरु पुर्ण रुपमा बन्द गर्ने , आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
सोमबार विहान १० बजेदेखि लागु हुने गरी सीमा नाका बन्द गर्न थालिएको हो । विश्वव्यापी कोरोनाको प्रकोपबाट बच्नका लागि सीमा नाका बन्न गर्न लागेको समाचार आज विभिन्न पत्रपत्रीका र अनलाईनले प्राथमिकताको साथ समाचार छापेको छ्न ।




















