तेह्रथुम मलेसिया सम्पर्क मञ्चका अध्यक्ष तथा समाजसेवी प्रेम खापुङ् सम्मानित।

क्वालालम्पुर ( मलेसिया ):= तेह्रथुम मलेसिया सम्पर्क मञ्चका अध्यक्ष समाजसेवी प्रेम खापुङ् लिम्बु सम्मानित भएका छ्न।

किरात याक्थुङ खापुङहाङ् सङजुम्भो केन्द्रिय कार्यसमिती मोराहाङ तेह्रथुमले शुक्रवार सुर्योदय नगरपालिका ५, समालवुङ अन्तुडाँडा इलाममा आयोजना गरेको आफ्नो तेस्रो महाधिवेशन कार्यक्रमको शुभ-अवसरमा बिगत लामो समयदेखि नै समाजसेवामा सक्रिय रुपमा लागेर पीडित नेपालीहरुलाई सहयोग गर्दै आईरहेका साथै मलेसियामा रहेको तेह्रथुमबासीहरुको प्रमुख संस्था तेह्रथुम मलेसिया सम्पर्क मञ्चका बर्तमान अध्यक्ष जस्तो गरिमामय पदमा रहि महत्वोपुर्ण भुमिका निर्वाहगर्दै आईरहेकोले सम्पुर्ण खापुङ समुदायकै शिर उच्चपार्ने सराहनीय कार्य गरेकोले योगदानको कदरगर्दै समाजसेवी प्रेम खापुङ् लाई कदर-पत्र प्रदान गरि सम्मान गरेका हुन ।
आज र भोलि हुने तेस्रो महाधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा पर्शुराम खापुङ, सभापतिमा चन्द्र बहादुर खापुङ रहनु भएको थियो।

( समाजसेवी प्रेम खापुङ् )

१७ बर्षको उमेरदेखिनै आफ्नो समाज र देशको लागी केहीगर्छु,केही योगदान दिन्छु भन्ने सोचका साथ,कामगर्दै अगाडी बढीरहेका प्रेम खापुङ् रोजगारीको निम्ति सन् २०१४ मा मलेसिया आएका हुन । मलेसिया आएरपनि आफ्नो रोजगारीको अलावा समाजसेवाको क्षेत्रमा सक्रिय रुपमा लागेर बिगत दुई बर्षदेखी तेह्रथुम मलेसिया सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी सम्हाली राख्नु भएको छ ।

तेह्रथुम मलेसिया सम्पर्क मञ्चले अहिलेसम्म पीडित र विभिन्न कारणले नेपाल देखि लिएर मलेसियासम्म समस्यामा परेका नेपालीहरुलाई सहयोग स्वरुप ११ लाख बराबर रकम खर्च दान गरिसकेका छ्न ।