थारु कल्याणकारीणी सभाले बिर्सिदै गएको मागमुद्धा थरुहट थारुवान राष्ट्रीय मोर्चाले जागृत गराउने प्रयास।

सुनिल चौधरी,,


झुम्का:= थारु कल्याणकारिणी सभा(थाकस)ले बिर्सेको माग मुद्धा थरुहट थारुवान राष्ट्रीय मोर्चाले जागृत गराउने प्रयास गरेका छन् । २०७२ साल भाद्र ७ र ८ गते भएको टीकापुर घटनापछि अधिकारका सवालमा उठान गर्न नसकेका थारु माग मुद्धा थारुवान राष्ट्रीय मोर्चाले शान्ति पुर्ण आन्दोलन मार्फत राज्यलाई ध्यानआकर्षण गर्न खोजेका हुन् ।

फागुन १७ गते बाँकेको कोहलपुरमा सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ । प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै मोर्चाले संघर्षको कार्यक्रम घोषणा गरेको बताएको हो । १४ बुद्धे माग अगाडी सार्दै फागुन २० र २१ गते आमहडताल घोषणा गरेका हुन् । मोर्चाले सांसद रेशम चौधरीको रिहाइ तथा टीकापुर घटनामा फसाइएका निर्दोषहरुलाई रिहाइको माग गर्दै आएको छ । टीकापुर घटनाको विषयमा सरकारले गठन गरेको पूर्व न्यायाधीश गृशचन्द्र लालको संयोजकत्वमा गठित न्यायीक समिति र गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न माग गरेको छ । थारुसँग विगतको सरकारले पटक पटक गरेको विभिन्न सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने मागसहित मोर्चा आन्दोलित भएका हुन् ।

थारु अधिकारका सवालमा माग मुद्धालाई सम्बोधन गराउन पश्चिममा थारु समुदाय चासोका साथ आमहडताल सफल पार्न उर्तिएका छन् । पुर्वकै उदयपुर जिल्लामा आन्दोलन गरे । थारु कलयाणकारिणी सभामा लागेकाले पनि चासोका साथनै सहभागी भए । तर उदयपुर जिल्ला बाहेकका पुर्वका थारु भने आन्दोलन बारेमा बेखबर जस्तै भएका छन् । पुर्वको सुनसरी, मोरङ्ग, झापामा आन्दोलनको चर्चा पनि कहिकतै भएन् । यस क्षेत्रका थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रिय देखि लिएर जिल्ला स्तर सम्म भजाएर खाने पल्किएका गलत नेतृत्वकर्ताका कारण थारु अधिकार तथा माग मुद्धा बिर्सिदै गएको छ । सुनसरीमा थाकसका पदाधिकारीहरुले आफुले पनि गर्दैनन् अन्य थारु संघ संगठनले नेतृत्व लिन खोजे उनै पदाधिकारीहरुलाई चलखेलगरी अगाडी बढ्न दिदैनन् । यसकारण पनि पुर्व क्षेत्रका थारु समुदाय आन्दोलन जान पनि ब्यर्थ लाग्ने गरेको छ ।

यस भन्दा पहिलेको आन्दोलनमा पुर्वका थारुहरु मागमुद्धामा अडिग थिए । आन्दोलनमा होमिएर जेल बन्दि भए, प्रहरीको कुटाई मात्र होईन सुनसरीको झुम्कामा भएको आन्दोलनमा भिडन्तकै अवस्था सिर्जिना भएको थियो । त्यो आन्दोलनमा घुस पैठले डेरा जमाएको भए धेरै क्षति बेहोर्नु पथ्र्यो । जे जस्तो भएपनि आन्दोलनले कडा रुपनै लिएको थियो । तर नगर्ने न बाटो छोड्ने मनस्थितीले थारु समुदाय आन्दोलनमा आउन छोडेको जानकारहरुले बताउछन् । आन्दोलनमा घाईते भएका थारु आन्दोलनकारीहरुलाई मुल्याङ्कन पनि गर्न चाहेनन् । उल्टै आरोप लगाएर राजनितिकरण गरेको आन्दोलनकर्मिहरुले बताउछन् । यसतै रहेको छ हालको सुनसरीका थाकस पदाधिकारीहरुको । समितिकै पदाधिकारीहरुलाई थारुकै माग मुद्धा बारेमा अनभिज्ञता रहेको छ । राजनितिक दलबाट नियुक्त गरेको र पठाएका थाकस सुनसरी समितिका हालका पदाधिकारीहरु आन्दोलनका कुरा गर्न चाहदैनन् तर बजेटका कुरा तथा रकम थुत्ने बेलामा थारु अधिकार काधमै राखेको जस्तो उर्तिने र देखावटी गर्ने गरेको छ । ग्रामथानको मुद्धा होस वा संरक्षण गर्ने मुद्धामा कुनै पनि सवालमा थाकस केन्द्रिय देखिनै मौन देखिन्छन् ।

थारु अधिकारका सवालमा थाकसले उठान गर्न नसकिरहेको अवस्थामा अबका दिनमा थरुहट थारुवान राष्ट्रीय मोर्चाले गरिरहेका अधिकार प्राप्ति आन्दोलनमा पुर्वका थारु समुदाय पुनर बिचार गर्नै पर्ने अवस्था आएको छ । सर्वबिधितै छन्की राज्यले थारु आधिकारकाका सवालमा ध्यान दिएको छैनन् । थारु पहिचान हुने खालका योजना ल्याउन चाहेका छैनन् । भएका थारु धरोहर हटाउने भत्काउनेमा छन् । बिकासकै नाममा थारु धार्मिक स्थलहरु हटाउदै छन् । थारु भाषालाई गौन गर्न बिभिन्न प्रयास गर्दै आएका छन् । त्यसकारण यसबारेमा मन्थन हुन आवश्यक रहेको देखिन्छन्।