प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल।

काठमाडौं:= अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मृर्गौला प्रत्यारोपण भएको छ । मृर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले बताए।

मृर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १०:१५ बजे शल्यक्रिया कक्षमा लगिएको हो ।
नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको जानकारी प्राप्त भएको छ।

प्रत्यारोपण गरिसके पछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने डाक्टरले बताइएको छ ।
मृर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो तीनजना भारतीय चिकित्सक समेत उपचारमा सङ्लग्न रहेका छन् ।