काठमाडौं:= नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी गराए । उनले पत्रकार विष्टको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए।
शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएको महासचिव विष्टले बताए । उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघ भत्र्सना गर्दछ भने ।
पत्रकार शिवाकोटीले पुर्व सभामुख कृष्ण बहादुर महरा काण्ड , पुर्व सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड सेटिङ्ग काण्ड , भ्रष्टाचार काण्ड लगायतको बारे निष्पक्ष रुपमा समाचार लेखेर प्रकाशन गरेर यतिखेर चर्चामा रहेका छ्न भने स्वतन्त्र,निर्बाध रुपमा देश भित्र रहेको बेतिथी र भ्रष्टाचारिको विरुद्ध कलम चलाए बापत कैयौं पटक पुरस्कृत समेत भैईसकेका छ्न।




















