क्वालालम्पुर (मलेसिया) := बिगत ५ बर्षदेखी मलेसियामा नेपालीलेनै सञ्चालन गरेको स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ट्रानक्वालिटी स्पा नेपाली ब्राण्ड मार्फत सर्वसाधारणलाई सेवा दिईदै आएकोले मलेसियामा उत्कृष्ट अवार्ड सहित सम्मान प्राप्त गरेका छ्न।

नेपालको ट्रानक्वालिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्कृष्ट कार्य गरेकोमा मलेसिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो।
सन् २००८ मा स्थापना भई नेपालका र्याडिसन, सोल्टी, शंकर, साङ्ग्रिलालगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले सन् २०१५ देखी मलेसियाको म्यारियोट पुत्राजाया फाईभ स्टार होटलमा पनि सेवा दिइरहेकोमा उत्कृष्ट व्यवस्थापन र सेवाका लागि मलेसियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको ट्रान क्वालिटी स्पा मलेसियाका निर्देशक खेम धामीले बताउनु भयो।



एसियाली देशका होटललगायतका सेवा क्षेत्रहरूका उत्कृष्ट संस्थालाई मलेसिया सरकारले प्रदान गर्दै आएको यो अवार्ड सन् २०२० का लागि एसोसिएसन अफ मलेसियन स्पाको सिफारिशमा मलेसियाको पर्यटन बोर्डले उक्त अवार्ड ट्रानक्वालिटी स्पाका मलेसियन निर्देशक खेम धामीलाई सोमबार प्रदान गरिएको अवार्ड आयोजकले बताए।

उक्त अवार्ड प्राप्त गरेपछि निर्देशक धामीले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेका बेला पर्यटन क्षेत्रको सेवाका रुपमा रहेको नेपालको स्पाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय अवार्डले नेपालको समग्र पर्यटन क्षेत्रलाई नै उत्साहीत बनाएको साथै नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुगेको बताए।
नेपालमा लगभग १५ वटा शाखा रहेका यस स्पाले मलेसियामा एक होटलमा मात्रै सेवा प्रदान गरिरहेका थिए , तर पछिल्लो समय स्पाले २ बर्षमै मलेसियामै आफ्नो अर्को ब्रान्च पुत्राजायामै अवस्थित पाल्म गार्डेन नामक फोर स्टार होटलमा समेत सेवा बिस्तार गरिसकेको छ ।

























