क्वालालम्पुर(मलेसिया):= केही दिन अगाडी सामाजिक सञ्जाल फेसबुकमा एउटा दर्दनाक भिडियो निकैनै भाईरल भएको थियो। उक्त भिडियोमा बिष्णु माया लो तामाङले आफ्नो आमा बुबालाई बचाईदिन हुन आग्रह गर्नु भएको थियो। आमा बुबा दुबै जना क्यान्सरको रोगी भएको र अर्थिकको अभावले गर्दा उपचार गर्ने कुनै विकल्प नभएकोले जुन पीडा सहन नसकि स्वयं आफैं आत्माहात्य गर्न समेत प्रयास गरेको कुरा त्यो भिडियोमा सार्वजनिक भएको थियो।

सोही भिडियो हेरि सके पछि रोजगारीको निम्ती मलेसियामा कार्यरत नेपालीहरुले पनि केही सहयोग गर्नु पर्छ भन्ने हेतुले मलेसियाको जोहोर राज्य स्थित रामाटेक्स कम्पनीमा कार्यरत दावा तितुङ तामाङ,राज कुमार तामाङ, भक्त बहादुर तामाङ,अमर ध्वाज थोकर ,संग्रम थिङको सक्रियतामा सोही कम्पनीमा कार्यरत दाजुभाई हरु सङ्ग सहयोगको अपिल गरी सम्पूर्ण रामाटेक्स कम्पनीमा कार्यरत साथीहरुले आ-आफ्नो तर्फबाट सहयोग उपलब्ध गराएका छ्न।

सहयोग रकम संकलन गर्दै गर्दा बिष्णु माया लो तामाङको आमा निधन भएता पनि उक्त सहयोग रकम बिष्णु माया लो तामाङ को बुबाको उपचारको लागि अपुगमा केही राहत होस भन्ने हेतुले रामाटेक्स कम्पनीमा कार्यरत नेपालीहरुको सक्रियतामा नेपाली रकम रु.७०,२९४ (सत्तरी हाजर २ सय ९४ रुपैया) संकलन गरि उक्त रकम सिन्धुलीका नव गायक ताथ समाजसेवी अम्बर बहादुर लो तामाङ मार्फत पीडितको हातमा हस्तान्तरण गरिएको छ।
सहयोग गरि दिनु हुने सम्पुर्ण मनकारी नेेपालिहरुलाई दावा तितुङ तामाङले धन्यवाद दिएका छ्न।




















