क्वालालम्पुर (मलेसिया):= गैरआवाशिय नेपाली संघ एनआरएनए (NRNA) मलेसियाको क्वालालम्पुरमा शनिबार बसेको बैठक सम्पन्न भएको छ ।
गैरआवाशिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईको अध्यक्षता र एनआरएनए एसिया प्यासिफिक डिआरसि खगेन्द्र न्यौपाने,आईसिसि सदस्य बिश्व राई,आईसिसि सदस्य टेक टमाटा,मानार्थ सदस्य शंखर पौडेल लगायतको उपस्थितिमा सो बैठक बसेको थियो।

केहि समयदेखी बिबादास्पद रहेको एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले दिने भनेको ५० हजार रिङ्गिट नेपाली रुपैयाँ रु.१३ लाखको विवाद टुङ्गिएको छ।
अध्यक्ष भट्टराईले कोषाध्यक्ष कृष्ण प्रसाद नेेपाललाई जम्मा गर्न दिइएको रकम संघको खाता रहेको सिआइएमबि बैंकमा आरएम ५० हजार रिंगेट रकम अर्थात करिब १३ लाख नेपाली रुपैयाँ जम्मा गरिसकेको संघका महासचिव हेमराज सापकोटाले मलाया खबरलाई जानकारी गराउनु भयो।

अध्यक्ष भट्टराईले बताए अनुसार अब गैरआवाशिय नेपाली संघ मलेसियाको एनआरएनएको आफ्नै कार्यालय खोल्ने निर्णय गर्दै कार्यालय समेत सुचारु गरेको छ । गैरआवाशिय नेपाली संघ मलेसियाले संघका सबै कार्यसमितिबिच सहकार्य गर्दै नेपाली कामदारको हकहितका लागी कार्य गर्ने निर्णय समेत गरेको छ ।
साथै छिट्टै नेपाल भर्मण बर्ष 2020 लाई सफल बनाउन मलेसियामा बृहत कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । कल्याणकारी कोषमा रहेको जम्मा रकमलाई सदुपयोग गर्दै विभिन्न कारणले जेलमा परेका नेपाली श्रमिकको उद्धार गर्ने , पीडित अङ्गभङ्ग भएका नेपालीलाई सकेको आर्थिक सहयोग गर्ने , प्लेन टिकट उपलब्ध गराउने लगायतको विविध लोकप्रिय काम गर्ने आगामी योजना रहेको भट्टराईले बताए ।
साथै अध्यक्ष भट्टराईले यदि मलेसियामा कहिकतै कुनै नेपाली श्रमिकलाई कुनै किसिमको आर्थिक,भौतिक सहयोग चाहिएको छ अथवा पीडित हुनुहुन्छ भने एनआरएनए मलेसियालाई सम्पर्क गर्न आग्रह गर्दै सक्दो सहयोग,उद्धार गर्ने प्रतिबद्धता समेत जनाए।
गैरआवाशिय नेपाली संघ मलेसियाले पहिल्यै देखि नेपाली पीडित श्रमिकको हकहितमा काम गर्दैआईरहेका छ्न , आर्थिक सहयोग गर्दै आईरहेका छ्न तर केही समययता बिभिन्न कारणबस विवादित बनेका संघले के पुनः नेपाली श्रमिकको हकहितमा काम गर्लान् त ? अहिलेका अध्यक्ष भट्टराई लगायतको संघको कार्यसमितीले एनआर एनए मलेसियाको साख जोगाउलान त? यो भने जनचासोको बिषय बनेको छ।




















