रामधुनीका उत्तराधिकारीहरुको अधिकार सुनिश्चिताकालागी नीति, कार्यबिधि,योजनामा सुझात्मक छलफल।

सुनिल चौधरी,,

झुम्का:= रामधुनी नगरमा बालबालिकाको अधिकार सुनिश्चिताकालागी सुझात्मक छलफल गरेको छ । बालबालिकाहरु सुरक्षित महशुस र उनिहरुका अभिभावकले यहाँका वातावरण र कार्यशैलि, जोखिम रहित छ भन्ने महशुस गर्ने अवस्था सिर्जना गर्न नीति, कार्यबिधि र योजनामा छलफलगरी सुझाव लिएको हो ।

छलफलबाट रामधुनी नगरमा बालसंरक्षण गर्नु पर्ने सवालमा बालश्रम, बालबिवाह, बालहिंसा, बालदुरब्र्यहार, बेचबिखन तथा ओसारपसार, नितिगत कानुनि ब्यवस्था नभएको, जन्मदर्ता, दण्ड सजाय, पोषण ,शतप्रतिशत भर्ना, टिकाउ, सुरक्षा, दुर्घटना, प्रकोप, सिमान्तकृत समुदाय, लागुपदार्थ दुब्र्यशनि, साइबर अपराधहरुका बारेमा उठान गरेको छ । पारिवारिक तिरस्कार, द्धन्द्ध पिडित, धर्म पुत्र, पुत्रि, सडक बाबालिका, डेटिङ्गका समस्याहरु आएको छ । बालसहभागीतामा कमि, स्वस्थयको पहुच नभएको, अपहरण, बन्धक, भ्रुणहत्या, बाल यौन हिंसा, बलात्कार, घरेलु हिंसा, लैंगिक हिंसा, जातिय हिंसाहरुको हालको अवस्थाको बारेमा जानकारी दिदै न्युनिकरणकालागी कार्यक्रम, योजना, बजेट बारेमा निर्धाण गरिएको हो ।

१८ बर्ष भन्दा कम उमेरकालाई बालबालिका मानिन्छन् । बालबालिकाहरु सवेदनशिल रहेकोले उनिहरुमा जोखिम पनि त्यातिनै हुने अवस्थाहुदा सोको सुरक्षा हेतु नगरपालिका र सरोकारवालाहरु चासोका साथ संरक्षणमा जुटेको छ । बालबालिका भबिषयका उत्तराधिकारी रहेकोले पनि आजै सचेतहुनु पर्ने मुल्याङ्कनगरी निति निर्माण गर्नेमा जुटेको देखिन्छ । बालबालिकाको शारिरीक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक तथा बौद्धिक बिकासमा गम्भिर नाकारात्मक असरपर्ने खालका कार्य वा ब्यवहारबाट उनीहरुलाई जोगाउन बालसंरक्षणको आवश्यक्ता गरिएको छ । बाल संरक्षणलाई उपेक्षा, हिंसा, दुब्यवहार, शोषण, बेचबिखन, ओसारपोसार र यातनाबाट जोगाउन निति, कार्यबिधि र योजनाको खाँचो औल्याएको हो ।

प्लान नेपालको सहयोगमा साँझा सवालकालागी सझा मञ्च (कोकन) ले रामधुनी नगरपालिकाको समन्बयमा तिन दिवसिय कार्यक्रम गरेको छ । कोकन नेपालका केन्द्रिय अध्यक्ष मन्जिता उपाध्यायको सभापतित्वमा तिन दिन यज्ञप्रसाद शर्मा र कोषराज न्यौपानेले सहजिकरण गरेका हुन् । छलफलमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, बालसञ्जाल,शिक्षक, राजनितिकदल, संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।