करैयामाई चौथो पिपरा गोल्डकप २०७६ को फाइनल खेलमा बिरगंज युनाइटेड क्लब बिजय।

बारा := बारा जिल्लाको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लबद्दारा आयोजित करैयामाई चौथो पिपरा गोल्डकपको फाइनल खेल बिरगंज युनाइटेड क्लब बिरगंज र बिरगंज युथ एकेडेमी बिरगंज बीच भएको खेलमा बिरगंज युनाइटेड क्लब बिरगंज ०-२ गोलले बिजय भएको छ ।

खेलको पहिलो हापमा दुबै टिमले कुनै पनि गोल गर्न सकेको थिएन खेलको दोस्रो हापमा बिरगंज युनाइटेड जर्सी न.१० का बिबेक चौधरीले २ गोल गरि आफ्नो टिमलाई बिजय बनाएको थियोे । प्रतियोगिताको म्यान अफ दि म्याच युनाइटेडका जर्सी न.१० कै बिबेक चौधरी नै घोषित भएको थियोे ।

प्रतियोगिताको बिजेताले नगद रु.२ लाख शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियोे भने उप बिजेताले नगद रु.१ लाख शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक क्लबका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिनुभएको छ ।