बिरगंज := नेपाल कम्युनिस्ट पार्टी नेकपाका नव उदयमान युवा नेता बिरगंजका अकलेस साह बिकासको लागी चालेको पहिलो कदममा नै सफलता प्राप्त गरेका छन।
सबै क्षेत्रको बिकास हुनु पर्ने धारणा राख्दै बिगत लामो समयबाट नै बीरगंज लगाएत समग्र पर्साको जनभावना अनुसार बिकास हुनु पर्छ भनी जोड़ दिदै आएका थिए साहले।
उहाँले जनतालाई परेको खण्डमा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थासंग समन्वय गरी जनताको घाउमा मलहम,पटि गर्दै आउनु भएकोछ। बीरगंजको बिकास हुनै पर्छ भनी युवा शक्तिलाइ संचय गरी अहोरात्र बिकासको लागी सम्बन्धित निकायको ध्यान आकर्षण गराई रहने काम साहले गर्दैआईरहेका छ्न।

हुने बिरुवाको चीलों पात भने झै नव उद्ययमान युवा नेता अकलेश साह छोटो समयमा पर्सा बासिको मन मस्तिष्कमा बस्न सफल नेता मानिन्छ।
औषधि नपाई अस्पतालको शैयामा छटपटाई रहेका बिरामिको लागी थाह हुने बितिकै बिरामी हेर्न कहिले अस्पताल पुग्नु हुन्छ त कहिले पीडाबाट आजित भई पीड़ा ख्यपी रहेका पीड़ितलाइ न्याय दिलाउनको निम्ति कहिले काही न्यालय देखि सडक सम्म पीड़ितको आवाज उठाउने गर्दछ्न।

साहले राजनितिकमा प्रबेश गर्नु भएको पहिलो पटकको प्रयासमा नै बिरगंज महानगरपालिका वडा नं २३ प्रसौनी बिर्तामा पर्ने नेपाल राष्ट्रिय अधारभुत बिधालयको भवन बनाउन तीस लाखको बजेट निकासा गर्यो र प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णको बिशेष उपस्तिथिमा बिद्यालयको सिलन्यास गर्न सफल भएका छ्न।
अहिले बिद्यालयको काम द्रुत गतिमा अगाडी बढेको देखेर आफुलाई खुसी लागीरहेको युवा नेता साहले बताए।




















