धुर्मुस-सुन्तलीले बनाएको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर युट्युबमा सार्वजनिक(भिडियो सहित हेर्नुस्)।

काठमाडौं :=गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि सहयोगार्थ धुर्मुस-सुन्तलीले बनाएको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको छ ।

यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ ।
ट्रेलरमा फिल्म भित्रको मुख्य केही अंश समेटिएको छ । ट्रेलर हेर्दा फिल्मले देश भित्र भैईरहेका , हुँदै आईरहेका राजनीतिको बारे कथा उठान गरेको अनुमान लगाउन सकिन्छ ।