नेपालको प्रधानमन्त्रीको यति होल्डिङ्गस कम्पनिसंग मितेरी र साईनो होईन/प्रधानमन्त्रीनै प्रमुख सञ्चालक हुन:नेता गगन थापा।

सुनिल चौधरी,,

झुम्का:= नेपालको प्रधानमन्त्रि यति होल्डिङ्गस कम्पनिको प्रमुख सञ्चालक रहेको पुर्व स्वस्थय मन्त्रि तथा नेपाली काग्रेश केन्द्रिय सदस्य गगन थापाले आरोप लगाएको छ । गोकर्णको जग्गा कुनै प्रतिष्पर्धा नगराई सो कम्पनिलाई २५ बर्ष सम्म दिने निर्णय गरेको प्रति केन्द्रिय सदस्य थापाले असन्तुष्टि जनाउदै कम्पनि प्रधानमन्त्रि ओलीकै रहेको दाबी गर्दै सो आरोप लगाएको हो ।

प्रधानमन्त्रि केपी ओली स्वस्थय भएर आउदा पछिको क्याबिनेटको पहिलो बैठकले पहिलो निर्णय गर्दै जग्गा यति होल्डिङ्गस कम्पनिलाई जिम्मा लगाउने कार्य गरेकोहुदा प्रधानमन्त्रिको कम्पनि संग मितेरी र साईनो रहेको म भन्दिन, उन्ले भने तर कम्पनि प्रधानमन्त्रि ओलीकै हो भनेर भन्दैे नेपाली काग्रेश रामधुनी नगर समितिले झुम्का स्थित आयोजना गरेको नगर सम्मेलनमा केन्द्रिय सदस्य थापाले सो आरोप लगाएका हुन् ।

कम्युनिष्टको बदनियत र असक्षमताले बिकासमा नेपाल एक पुस्ता पछाडी पर्ने थापाले बताए । उन्ले भने प्रजातन्त्र लोकतन्त्रमा जनतालाई लेख्न निषेध, बोल्न निषेध, प्रश्न सम्म गर्न नपाउने शासन लगाउन खोजेकोले यो सरकारको बदनियत पुर्ण रहेको धारणा ब्यक्त गरे । बर्तमान सरकारले अन्तराष्ट्रियमा सम्बन्ध बनाउन नसकेकोले देशमा अर्थतन्त्रमा ठुलो घाटा लागी रहेको भन्दै सरकारको असक्षमता रहेको बताए । आर्थिक गतिबिधिको क्षमताको अभाव लगायतका सो अनुसारले योजना समेत बनाउन नसकिरहेको अवस्थामा सरकार असक्षमतानै रहेको दाबी गरेका हुन्।

केपी ओलीले प्रचण्ड संग हात मिलाउदैनन्थ्यो । प्रचण्डले हात मिलाउन अगाडी सारदा ओलीले नमस्कार गर्नु हुन्थ्यो । रगत लागेको हातमा मिलाउनु हुदैन भनेर भन्नु हुन्थयो ओलीले तर के स्वार्थ थियो रातारात हात मात्र हैनन् सबै चिज मिलाएर एकै ठाउँमा छन् । हात सम्म मिलाउन नचाहने उहाँहरुलाई एकै ठाउमा ल्याएर संबिधान निर्माण गर्नु सजिलो थिएन । तर नेपाली काग्रेशले जनताको बिश्वार र आशलाई जिवित राख्दै नयाँ संबिधान ल्याउन सफल दिलायो भनेर उद्धघोष गरेका हुन् ।

द्धन्दकालको बेलामा युद्धबाट माओवादी, सेना, प्रहरी साथीहरु मारीए । जोसुकै मरेपनि आखिर नेपाली जनतानै थिए । प्रचण्डले ५ हजारलाई जिम्मा लिन्छु भनेर भनिरहदा त्यो १२ हजार नेपाली मर्नु प्रचण्ड र बाबुरामले मेरै काममा लागेर भएको युद्धबाट मरेको भन्ने बिर्सेको छ । तर यस प्रति नेपाली काग्रेशले जवाफदेही हुन्छन् । युद्धबाट हत्या हुने घटनाहरुको बन्द गर्न गिरिजा प्रसाद कोइरालाले शान्तिको हात अगाडी बढाउनु भयो । त्यतिखेर काग्रेशले सुरुगरेको शान्तिको यात्रा कुनै अलमल नगरी सुखद तरिकाले टुंग्याउने छौ र टुग्याउनु पनि पर्छ थापाले बताए ।

दुई तिहाईको सरकारले समृदको नारा दिए पनि त्यसमा चासो नदेखाएको भन्दै जनतालाई समृद्धको भुलभुलैयामा राख्न नहुने उठान गरेका हुन् । राणाहरुको एकसय चार साल क्रुर शासनकालले एक युगनै बिकासमा पछाडी परे यसैगरी राजाहरुको ३० साल शासनकालले बिकासमा बाधा बने भने माओवादीका कारण पनि ३० साल खेर फाल्यौ अहिले आएर कम्युनिष्टको पनि त्यही रवैया भईरहेकोले नेपाल पुनः एक पुस्ता पछि पर्ने आरोप लगाउदै जनता सचेतहुनु पर्ने आवशक्ता औल्याएका हुन् ।

नेपाली काग्रेश नरम भएर प्रतिपक्षिदलको भुमिका गरेपनि दुई तिहाईको सरकारले बिकासको काम अगाडी बढाउन नसक्दा नेपाल एक पुस्ता पछाडी पर्ने पुर्व स्वस्थय मन्त्रि तथा नेपाली काग्रेश केन्द्रिय सदस्य गगन थापाले आरोप लगाएका छन् । राणा, राजाहरुको क्रुर शासन, बिकासका बाधक माओवादी र अहिलेको सरकारको रवैया हेर्दा उस्तै रहेकोले नेपाल बिकासमा एक पुस्ता पछाडी पर्ने दाबी गर्दै जनता सचेत हुने अवस्था आएको थापाले बताएका हुन् ।

जनतामाथि करको भार थमाएकोले यस प्रति अवाज उठाउनु पर्ने बक्ताहरुलले बताएका छन् । नगर सम्मेलनमा केन्द्रिय सदस्य नरेन्द्र चौधरी, राजिव कोईराला, पुर्व राज्य मन्त्रि सिताराम मेहता, प्रदेश सांसद नवोदिता चौधरी, जिल्ला सचिव केदार भण्डारी, जिल्ला महिला संघ अध्यक्ष बिजया कट्वालले सरकार बिकासमा चासो नदिई जनतालाई कर मात्र तिराउने गरेको भन्दै जस्तालाई त्यसतै जवाफ दिने अवस्था आएको बताए । नगर सभापति सुदिप अधिकारीको सभापतित्वमा भएको सो नगर सम्मेलनबाट २३ जना पार्टि प्रवेस गरेका छन् । बिभिन्न पार्टि परित्यागगरी लेखनाथ खतिवडाको नेतृत्वमा प्रवेस गरेका नव प्रवेसीहरुलाई केन्द्रिय सदस्य थापाले अबिर टिकालगाई स्वागत गरेको नगर सचिव दिलुराईले जानकारी दिएका हुन् । नगर सम्मेलनबाट नगरसमितिले चार बर्षमा गरेका उपलब्धिकाबारेमा नगर सभापति अधिकारी प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरको ४ कर्ष कार्यकाल पुरा गरेका छन् । २०७२ माघ १५ गतेका दिन अधिकारीले पदभार ग्रहण गरेका थिए ।