श्री ने.रा उच्च मा.बि सपहीको ४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न।

जियालाल चौधरी,,


कोल्हबी:= बाराको कोल्हबी नगरपालिका वडा न.४ मा अवस्थित श्री ने.रा.उच्च माध्यमिक बिद्यालय सपहीले सोमबार एक समारोहका बीच ४३ औं बार्षिकोत्सव साधारण सभा तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

श्री ने.रा उच्च मा.बि सपहीको प्राङ्गणमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्री तपेश्वर राय थारुको अध्यक्षता र बारा क्षेत्र न.१ (क) का प्रदेश सभा सदस्य श्री त्रीलोकी प्रसाद चौधरी ज्युको प्रमुख अथित्वमा सम्पन्न भएको कार्यक्रममा ने.क.पा का केन्द्रिय सदस्य बलबीर चौधरी, प्रधानमन्त्रीका पुर्ब जनसम्पर्क सल्लाहकार एब्म ने.क.पा का केन्द्रिय सदस्य अच्युत मैनाली, कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी,क्याम्पस सभाका अध्यक्ष केबल प्रसाद चौधरी,सपही कलेजका अध्यक्ष रामप्रसाद चौधरी, वडा न.४ का वडा अध्यक्ष भेष बहादुर ढकाल, लगायतले बिधालयलाई शुभकामना व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रतिबेदन पेस बिद्यालयका प्रधानाध्यापक ग्यानराज पुदासैनीले गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले बिधालयलाई व्यवस्थित गर्नको लाई साम्सदिय कोसबाट १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवक्ता जनाए ।उक्त कार्यक्रममा खेल्कुदमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाइ सिल मेदल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सोही बिधालयका पुर्ब अध्यक्ष, शिक्षक तथा अभिभावकहरुलाई दोसाला ओढाइ समानित गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य बिधालयका कार्यबाहक प्रधानाध्यापक भुनेश्वर चौधरीको रहेको थियो भने कार्यक्रमको सहजीकरण सोही बिधालयको शिक्षक प्रेम बहादुर गौतमले गर्नु भएको थियो।