अस्ट्रेलिया काण्ड भिडियोमा देखिएकी युवतीको आफन्तलाई खोज्दै प्रहरी।

काठमाडौ:= अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भएको भनी दावी गरिएको अश्लील(सेक्स) भिडियो यतिबेला सामाजिक संजालमा तिब्र भाइरल भैइरहेको छ।

भिडियो भाईरल भएसँगै नेपाल प्रहरीले ती युवतीका आफन्तको खोजी गर्दैछ्न। प्रहरीको साइबर क्राईम ब्यूरोले ती युवती नेपाली भएको दावी सत्य भएको हुन सक्ने सम्भावनाका आधारमा नेपालमा उनका आफन्तबारे खोजी सुरु गरिएको हो। साइबर ब्यूरो स्रोतका अनुसार युवतीका तर्फबाट कुनै किसिमको उजुरी आएको छैन । उनका आफन्तहरु पनि सम्पर्कमा आएका छैनन् । तर, युवतीको यो भिडियो उनको इच्छाविपरित सार्वजनिक गरिएको हुन सक्ने र यस विषयमा युवती वा उनका आफन्तले कानुनी उपचार खोज्न सक्ने सम्भावनाका आधारमा उनीहरुलाई सहयोग गर्न प्रहरीले आफन्तको खोजी सुरु गरेको हो ।

‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन’ साइबर ब्यूरो स्रोत भन्छ ‘तर, युवतीको इच्छा विपरित केही भएको भएमा उनलाई कानुनी सहयोग चाहिने भएकोले त्यही सहयोग गर्न हामीले आफन्तको खोजी थालेका हौं । स्रोतका अनुसार यो भिडियो जुन युवतीको भएको दावी गरिएको छ ती युवती ब्यूरोको सम्पर्कमा आइसकेकी छिन् ।

पीडित युवतीका अनुसार यो भिडियो उनको होइन तर यसमा उनको सानो क्लिप यसमा जोडिएको छ । जोडिएको सानो क्लिप उनले अर्कै व्यक्तिसँग भिडियो कल गर्दाको हो । त्यही भिडियो कलको सानो क्लिप यो अश्लील भिडियोमा जोडेर उनको चरित्रहत्या गर्न खोजेको उनले बताएकी छिन् । प्रहरीले अहिले उनीसँग यस विषयमा कुराकानी गरिरहेको छ र उजुरी आएसँगै थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको ब्यूरो स्रोतले जानकारी दिएका छन् ।