काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन् । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर रहेकालाई राजधानी ल्याउने तयारी भइरहेको छ ।




















