क्वालालम्पुर ( मलेसिया ):= मगरहरुको मुख्य पर्वको रुपमा मनाउने माघि वा माघे संक्रान्ति नेपाल मगर संघ मलेसियाले क्वालालम्पुरमा एक कार्यक्रम आयोजना गरि हिजो जनवारी १९ तारीख आईतवार माघि मनाएको छ ।
कार्यक्रममा अतिथीहरु नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष फुर्बा दोर्जे तामाङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा, नेपाल तामाङ कलकार संघ मलेसियाका सल्लाहकार कगत दोङ, कभ्रे कल्याणकारी सेवा समाजका सदस्य छिवाहाङ पाख्रिन लगाएतका संस्थाका प्रतिनिधिहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम संचालन नेपाल मगर संघ मलेसिया शाखाका महासचिव राम प्रसाद मगरले गर्नु भएको थियो भने स्वागत मन्तब्य सल्लाहकार ऋसि मगरले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन नेपालको पहिलो सहिद लखन थापा र भगवान गौतम बुद्धको फोटो अगाडि दिप प्रज्वलन गरी नेपाली राष्ट्रिय गान र मगर राष्ट्रिय गान बजाएर गरेको थियो । साथै मगरजातिको झाकी नृत्य प्रस्तुत भएको थियो र सेल रोटि, तुरुल, सखरखण्ड साथै विभिन्न परिकार खाएर समापन गरिएको थियो ।




















