काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् ।
आइतबार उनले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष राजीनामा बुझाएका हुन् ।
उनी ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।




















