[ आरएन चौधरी थारु/मलाया खबर ]
कैलाली := थारु लगायत नेपाली दर्शक,क्ष्रोताहरुको माझ डान्स बिट,प्रेम भाव समेटिएको,र फरक फरक खाले कल्चर म्युजिक भिडियो पस्किन माहिर जोडी मानिन्छन् अन्जु कुश्मी (फुलकुमारी) र राज कुश्मीको ।
यतिबेला थारु गाउँघर, समुदाय,बस्तीहरुमा माघ ( माघी,खिचडी,खिचरी,तिला सङ्क्रान्ती) २६४३ औं थारु नयाँ बर्षको रौनकता छाएको छ्।
थारु माघी गितसंगीतले थारु बस्ती गुञ्जायमान बनेको छ।
यहीँ अवसर लाई सदुपयोग गर्दै थारु गितसंगीत जगतका होनहार चर्चित सुपरमोडल,गायकगायिका राज कुश्मी र अन्जु कुश्मी(फुलकुमारी)ले एकदमै फरकधारका माघी म्युजिक भिडियो लिएर आएका छ्न ।
राज कुश्मीकै शब्द,संगीत र निर्देशन रहेको यस् ” सखिय हो माघके पिलि गुरि गुरि जार ” नामक म्युजिक भिडियोको छायांकन सम्पादन रामु चौधरीले गरेका हुन ।
ड्रिम्स रिकोर्डिङ स्टुडियो काठमाडौंमा रिकोर्डिङ गरिएको यस् गितलाई गणेश चौधरीले ब्यवस्थापन र प्रकाश केसिले मिक्सिङ गरेको छ ।
भिडियोमा माघी मनाउनु भन्दा पहिला बिहान माघ नुहाईसकेपछि माघीमा बनाईने परिकारहरु बगिया,भुज्जाको लड्डु,तिलको लड्डु,सुङ्गुरको मासु,जाँडको झोल लगायत मिठोमिठो परिकार खाने चलन चलीआएको देखाइएको छ ।
थारु समुदायमा सदियौँ,पुर्खौपुर्खा देखि पुरुषले लगाउदै आईरहेको भेगुवा र महिलाले लगाउदै आईरहेको लहेङ्गा,चोली लगायतको पहिरनलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिनुको साथै विशेष गरि मखौटा नाच प्रस्तुत गरिएको छ ।

नेपालमा जसरी दशै तिहारको बेला घर-घरमा गएर देउसीभैलो खेली दक्षिणा माग्ने चलनचल्तीमा छ्न त्यस्तै पुर्खौपुर्खा देखी थारु समुदायले मनाउदै आईरहेको माघीमा पौराणिक गित गाएर मखौटा नाच नाची गाउँघरका बडघर,मुखिया,स्थानीय बासिन्दालाई मनोरञ्जन प्रदान गरे बापत खुसी भएर उपस्थित जमिन्दार,किशान लगायतकोले बगिया,पैसा दक्षिणा सरह दिने चलन पनि सदियौँदेखी चलीआएको भिडियो भित्र देखाइएको छ्न । यस् माघीको म्युजिक भिडियोमा राज कुश्मी , अन्जु कुश्मी , साहिद र फुलकुमारी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।




















