रामधुनीका अपाङ्गता भएका ब्यक्तिहरुको आफ्नै प्रयासमा सामाग्री र जेष्ठ नागरीकलाई फिल्टर बितरण ।

सुनिल चौधरी,,


झुम्का:= रामधुनी वडा नं. ५ का अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नै प्रयासमा आर्थिक संकलनगरी सहायक सामाग्री र जेष्ठ नागरीकलाई फिल्टर बितरण गरेका छन् । अपाङ्गता भएका ब्यक्तिहरुले पनि सपाङ्गता जस्तै गर्न सक्छन् भन्ने उदाहरणीय बन्दै देउशी भैलो खेलेर संकलन गरेको रकमबाट बितरण गरेको हो ,।

अर्काको सहयोग ताक्नु भन्दा कहिले–कहिले आफुले स्वयम प्रयास गरे अहिलेने भनेझै यस पटकको कुनै संस्थाको सहयोग नलिई बितरण गरेका छन् । वडाका ८ जनालाई सहायक सामाग्री मध्ये स्टिक बितरण गरेका हुन् । १ जनालाई सेतो छडी, १ जनालाई एल्गो कर्सेस र ५जना जेष्ठनागरीकलाई पानि फिल्टर बितरण गरेको छ । सहायक सामाग्री तथा फिल्टर नगरपालीकाकी उपप्रमुख सबिना चौधरी लगायत उपस्थित अतिथीहरुले बितरण गरेको हो ।

अपाङ्गता संरक्षण वडा समितिको अध्यक्ष राजेन्द्र सरदारको नेतृत्वमा देउशी भैलो कार्यक्रम गर्दै ८२ हजार संकलन गरेका थिए । नगरपालिकामा सहयोग माग्नेहरुको निवेदन आईरहदा वडा नं. ५ का अपाङ्गता संरक्षण समिति आफैले आर्थिक जुटाएर बितरण गर्नु सराहनिय कार्य भएको नगरउपप्रमुख चौधरीले बताईन् । स्थानिय सरकारले प्रोत्साहनकालागी सहयोग गर्ने हो तर आफैैले पनि केही गरेर देखाए भने शतप्रतिसत कार्यको सफलहुने सुझाव दिईन् ।

बितरण कार्यक्रममा वडाका टोल बिकासका प्रतिनिधि बक्ता बिपलब अधिकारी, राम चन्द्र कटेल,खगेन्द्र अधिकारी, नेत्र गौतम,गोबिन्द बिष्ट सल्लाहकार लक्ष्मि खड्काले बितरणको अवसरमा शुभकामना दिएका छन् । कार्यक्रममा सचिव अनिता नेपालले स्वागत मन्तब्य राखेकी थिईन् भने कार्यक्रम कचन चोधरीले संचालन गरेकी थिईन् । बितरण कार्यक्रम भने संरक्षण समितिका अध्यक्ष राजेन्द्र सरदारको सभापतित्वमा सम्पन्न भएको हो ।