सुनिल चौधरी,,
झुम्का:= कृषि प्रवर्द्धनको लागी स्थापना गरेको धनउपरा कृषि सहकारीको बिहिवार छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। २०७० सालमा स्थापना गरेको सहकारी बराहक्षेत्र नगरपालीका वडा नं. ४ स्थित किसानलाई ब्यवसायिक बन्न प्रेरित गर्दै छैठौ साधारणसभा सम्म आईपुगेको हो ।
बराहक्षेत्र नगरपालीकाकी उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष आशाराम चौधरीको सभापतित्वमा भएको हो । उपप्रमुख मगरले साधारणसभाको शुभकामना ब्यक्त गर्दै नगरपालीकाले बिनियोजन गरेको योजनाका अनुदान रकम यस धनउपरा सहकारीबाट बितरण गर्ने बताईन् । नगरपालिकाबाट बंगुरपालन पकेट र जोन क्षेत्र निर्धारण गरेकोले सो योजना संचालन गर्न संस्थालाई उपलब्ध गराउने जानकारी दिदै यसकालागी खोजिनिति गर्नुपर्ने सुझाव दिईन् ।

संस्थाका अध्यक्ष चौधरीले आ.ब. ०७५÷७६ को प्रगती प्रतिवेदनं प्रस्तुत गर्दै बंगर पालन, किसानलाई ऋण सहयोग उपलब्ध गराउदै आएको बताए । संस्थाले ४ क्षेत्रमा बिशेष लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । ब्यापार ब्यवसायमा २० प्रतिशत, कृषिमा ६० प्रतिशत, कुखुरा पालनमा १० प्रतिशत र बैदेशिक रोजगारमा १० प्रतिशत लगानी गरेको जनाए । किसानलाई कुनैपनि समयमा संस्थाबाट सहयोगको तत्परता देखाउने प्रतिबद्धता समेत गरेका छन्।
संस्थाले आ.ब. ०७५÷७६ मा रु ४८ लाख ७७ हजार ३ सय ९३ रुपैया लगानि गरेको लेखा संयोजक लखनलाल चौधरीले आयब्यय प्रस्तुत गर्दै जानकारी दिए । प्रारम्भिक लगानी ३ लाखबाट सुरुवात गरेको संस्थाले रु १ करोड ४० लाख सम्म कारोबार गर्न सफल भएको छ । सम्बन्धित यस आर्थिक बर्षमा ६ लाख ९० हजार आम्दानि गर्दै १ लाख ९८ हजार खुद मुनाफा भएको प्रतिवेदन मार्फत देखाएको छ । कुल बचत २४ लाख ८९ हजार गर्न सफल भएको छ । कुल शेयर पुजि रु ७ लाख ९८ हजार ९ सय ८२ रुपैया रहेको छ भने शेयर सदस्य २२५ छन् । बचत गर्ने शदस्य ३६८ ऋण लगानी गरेको सदस्य १४२ छन् ।

सधारण सभाबाट संस्थाकी ब्यवस्थापक कौशिला चौधरीले संचालन भएका गतिबिधिका बारेमा जानकारी दिईन् । योजनाहरु कार्यन्वयन गरेको, नयाँ शेयर सदस्यहरुलाई ऋण उपलब्ध गराउन सफल, बिमा योजना संचालन, शेयर सदस्य बृद्धि, ऋण उपलब्ध गराई स्वरोजगार भएको उपलब्धिका बारेमा बताउदै समस्या र चुनौतीका बारेमा उठान गरेकी थिईन् । साधारण सभामा मन्तब्य राख्दै बक्ताहरुले शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रममा अर्जुन भटराई, कमारी बस्नेत, प्रकाश खड्का लगायतका बक्ताले शुभकामना ब्यक्त गर्दै सहकारीलाई प्रगतीको कामना गरेका हुन् । यसैगरी नयाँ शेयर सदस्यहरुलाई शेयर प्रमाण पत्र समेत बिरण गरेको हो ।




















