काठमाडौं । नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स (इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.) ले आफ्नो २४ औं बार्षिक उत्सव मनाएको छ । २४ औं बर्ष पारगरि २५ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विहिबार केन्द्रीय कार्यालय मध्यवानेश्वरमा केक काटेर खुशी साटासाट गरिएको थियो ।
उक्त अवसरमा हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्जवल शर्माले पानसमा बत्ति बालेका थिए भने संपादक गोविन्द लुइँटेलले केक काटेका थिए । आफ्ना पाठकमाझ चुस्त दुरुस्त, ताजा समाचार संप्रेषण गर्दै आएको हिमालय टाइम्सलाई २४ बर्षको लामो काल खण्ड पार गराउन सहयोग पुर्याउने हिमालय टाइम्स टीम, पाठक वर्ग तथा विज्ञापन दाता, एजेन्सीलगायत सम्पूर्णलाई निर्देशक शर्माले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा केही दिन अघि सम्पन्न भएको फुटसल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
























