बझाङ । बझाङमा सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएकी महिलालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ ।
छविसपाथिभेरा गाउँपालीका वडानम्बर ४ घर भएकी ३६ बर्षिया कविता दर्जिको जिल्ला अस्पताल सिमखेतमा अप्रेसन भइ बच्चा जन्मेपछि अत्यधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
दुई दिन अघि सुत्केरी ब्यथा लागेपछि दर्जी जिल्ला अस्पतालमा पुगकी उनका आफन्तले बताएका छन् । छैटौं बच्चा जन्माएकी दर्जीको अप्रेशसन गरेरबच्चा निकाएको जिल्ला अस्पताल बझाङमा डाक्टर मिलन खड्काले बताए । उनका अनुसार दुई दिन अघि नै अप्रेशन गरेर बच्चा निकालिएको हो ।
अप्रेशन गरी सकेपछी पाठेघर नखुम्चियको र लगातार रगत बग्न थालेपछि हेलिकप्टर मार्फत उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा रेफर गरिएको खड्काले बताए ।
जिल्ला अस्पताल सिमखेतमा ब्लोड बैङ्क नहुँदा समस्या हुने गरेको छ । यो आर्थिक बर्षमा मात्रै ५ जना महिलालाई राष्टपति महिला उत्थान कार्यक्रम अन्र्तगत सुत्केरी महिलालाई थप उपचारका अन्यत्र लगिएको थियो ।




















