मलाया खबर/आरएन चौधरी थारु,,
क्वालालम्पुर (मलेसिया):= सामुदायिक सञ्चार समूह,रेडियो सन्देश १०६.९ मेगाहर्जको आयोजनामा मलेसियाको क्वालालम्पुरमा सन्देश ईन्टरनेशनल अवार्ड -२०२० (sandesh international award -2020) कार्यक्रम हुने भएको छ ।
क्वालालम्पुर चौकिट स्थित होटल ग्राण्ड कन्टिनेन्टलको प्राङ्गणमा यहीँ डिसेम्बर २९ तारिख आईतवारको दिन बिहान ११:०० बजे देखी सो अवार्ड कार्यक्रम आयोजना हुन लागेको कार्यक्रम तयारी समितीका पदाधिकारी दिप खादी लिम्बुले जानकारी गराउनु भयो । सामुदायिक सञ्चार समुहले बिगत लामो समयदेखी शिक्षा,स्वास्थ्य,पर्यटन लगायतको क्षेत्रमा काम गर्दैआईरहेको छ। कार्यक्रममा भिजिट नेपाल् २०२० सम्बन्धि अन्तरक्रिया,नेपालको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन , र नेपाल सरकारले घोषणा गरेको ” समृद्ध नेपाल् सुखी नेपाली ” भन्ने नारालाई सफल बनाउन ” देश फर्किउ देश बनाऔ ” सन्देश दिने डकुमेन्ट्री प्रदर्शन गरिनेछ्न ।
नेपाली राजदुतावास मलेसियाका राजदुत उदयराज पाण्डेको प्रमुख आतिथ्यता रहने उक्त अवार्ड कार्यक्रमलाई सफल बनाउन नेपाल टेलिकम,एनआरएनए,द-खुकुरी रेष्टुरेन्ट,मेरो नेपाल् रेष्टुरेन्ट लगायतको प्रायोजकको रुपमा रहेको छ ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नेपाल बाट चर्चित हास्यकलाकार मरिचमान क्ष्रेष्ठ (बल्छी ध्रुबे)को विशेष प्रस्तुति रहनेछ्न भने स्थानीय कलाकारहरु गायक कोष बोम्जन,अमिर लोप्चन,तेन्जिङ् , डान्सर सन्झना थिङ,सिन्धु थोकर लगायतको प्रस्तुति रहनेछ्न ।
नेपाल् बाहेक चाईना,थाइल्यान्ड,सिङ्गापुर,अमेरिका,युरोप,युएई लगायतको अन्तर्राष्ट्रिय देशहरू बाट नेपालीहरुको सहभागीता रहनेछ्न भने मलेसियामा रहेका विभिन्न जातिय,गैरजातिय संघसंस्था,नेपालीब्यवशायी,राजनीतिककर्मी,सञ्चारकर्मी,समाजिक अगुवा लगायतको सहभागीता रहनेछ्न ।




















