काठमाडौं:= चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद (डिभोर्स) भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । उनले भने ‘बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।’
उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।




















