नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुन सक्छ:बाबुराम भट्टराई ।

काठमाडौं := समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुन सक्ने बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएपछि पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मी संग कुराकानीको क्रममा प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य गर्न सकिने भट्टराईले बोल्दै ‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने।

अब रिक्त रहेको सभामुख पदमा अन्य कसैलाई चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको पनि उनले स्पष्ट पारे । ‘सभामुख चयन प्रक्रिया अब अघि बढ्ला। नेकपासँग बहुमत छँदैछ,’ उनले भने, ‘हाम्रोतर्फबाट कुनै लोभ छैन। आकांक्षा छैन।’ हामी अब पार्टीको निर्णय अनुसार अघि बढ्छौ ।