नेपालको पूर्वाधारमा लागानी गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चीनमा आयोजित डिपेन दी शिल्करोड कोअपरेशन जिनान २०१९ साउथ एसिया एण्ड साउथ इष्ट एसिया इकोनोमी एण्ड ट्रेड फेयर कार्यक्रममा सम्बोधन गरेका छन् । जिनानका मेयर, त्यहा“का वैदेशिक मामिलाका वरिष्ठ अधिकारी, सार्कका उद्यमी व्यवसायी नेता, चिनिया“ उद्यमी व्यवसायी हो बाक्लो उपस्थिति रहेको कार्यक्रममा उनले चिनिय“ा राष्ट्रपतिको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा सहकार्यका लागि भएका ठोस प्रयास नेपालको विकासका लागि महŒवपूर्ण आधार हुनसक्ने बताए । सोहीअनुसार कनेक्टीभिटीमा सफलता हासिल भएको र नेपालमा चिनिया“ लगानी आकर्षणका साथै नेपाली उत्पादनका लागि विश्वको आधा जनसंख्या वसोवास गर्ने दक्षिण र दक्षिण पूर्वी एसिया नै सिंगो बजार हुनसक्ने उनले बताए । 

सिंगो दक्षिण एसिया नै ग्लोबल टे«डिङ र इमर्जिङ क्षेत्रका रूपमा अगाडि बढिरहेको अवस्थामा चीन र दक्षिण एसियाबीचको विकसित सम्बन्धबाट अधिकतम फाइदा उठाउँदै नेपालमा सूचना प्रविधि, पूर्वाधार विकास (रेल, सडक, हवाई उड्डयन, एयरपोर्ट) मा लगानी गर्न उनले चिनिया“ लगानीकर्तालाई आहृवानसमेत गरे । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीनले हाल नेपालसहित बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, अफगानिस्तान लगायतका देशलाई लिंकरोडका रूपमा अगाडि बढाएको चर्चा गर्दै उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा बिआरआई महŒवपूर्ण माध्यम हुनसक्ने बताए । बिआरआईको भरपुर उपयोग गरी नेपाली बजारलाई चीनको बजारसम्म जोड्नुपर्ने र यसका लागि चीनले उपलब्ध गराउने भनिएका सुक्खा तथा समुद्री बन्दरगाहको उपयोगमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ई–कमर्सको भरपुर उपयोगबाट बाह्य संसारले हासिल गरिरहेको लाभमा नेपाललाई पनि जोडन अन्तर सीमा ई–कमर्सलाई बढावा दिनुपर्ने, बिआरआईअन्तर्गत अन्तर्राष्ट्रिय सूचना सञ्जालमा नेपाललाई जोड्न सहयोग गर्नुपर्ने, गैरभन्सार अवरोध हटाउनुपर्ने सुझाव दिए ।

नेपाली एयरलाइन्सलाई चीनका विभिन्न महŒवपूर्ण शहरमा उडान अनुमति दिइएपछि नेपालमा चीन तथा चीन भएर आउने पर्यटकको संख्यामासमेत उल्लेख्य वृद्धि हुनसक्ने भएकोले नेपाली व्यवसायीलाई चीनसँगको व्यापार विस्तारमा समेत सघाउ पुग्ने बताए ।