क्वालालम्पुर (मलेसिया):= नेपाली राजदुतावास मलेसियामा स्वदेश फिर्तिको लागि आउने अबैधानिक (ईलिगल) नेपालीको संख्याको चाप बढे पछि हिजो देखि पुत्राजया अध्यागमन बिभाग बाहेक सेरेम्बान र पेनाङमा कोटा लिएर फिङगरीङ गराउने काम शुरु गरेको छ ।
हेड क्वाटर पुत्राजयामा हप्तामा ३ दिन प्रत्येक दिन १०० जनाको कोटा रहेको साथै शनिबार र आईतबार पुत्राजया बन्द हुने भएकोले हिजो शनिबार दिउँसो सेरेम्बान अध्यागमनबाट ५० जनाको कोटा लिएर फिङगरिङ गराएको र पेनाङ अध्यागमनबाट १०० जनाको कोटा लिएकोले हिजो राति नै १०० जना लिएर पेनाङ आएको र आज फिङगरिङ गराउने नेपाली राजदुतावास मलेसियाका जन सम्पर्क अधिकृत टेक बुढाले जानकारी गराउनु भयो ।नयाँ बिहानीले समाचार छापेको छ ।

ब्याक फर गुड प्रोग्रामको समयाबधी एक हप्ता मात्र बाकी हुँदा दिनमै २०० जनाको दरले अवैधानिक नेपाली दाजुभाइ दिदिबहिनीहरु दुतावास आउनु भएकोले कार्यालय समय बिहान ८:०० देखि साँझ ५:०० बजे सम्म साथै शनिबार र आईतबार पनि ९:०० देखि २:०० दिउँसो सम्म खुल्ला गरेर सेवा दिन शुरु गरेको छौ, अधिकृत बुढाले बताए ।
हाल सम्म ६००० जना भन्दा बढि स्वदेश फर्कि सकेको र अझै १५०० थपिने अनुमान रहेको छ । अब जनवरी देखि अबैधानिकको लागि धेरै कडा नियम लगाउने भएकोले यो समय अबधि भित्रै स्वदेश फर्कन नेपाली दुतावास मलेसियाका उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगरले बताउनु भयो ।




















