हिमालय एयलाइन्स्ले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने

मंसिर २४, २०७६
नेपाल–चीन संयुक्त वायुसेवा अन्तर्राष्ट्रिय उद्यम, हिमालय एयरलायन्स्ले धेरै प्रतिक्षा गरिएको मलेसिया स्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान स्न २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो । भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्स्ले क्वालालम्पुरको उडान पुनर्संचालन गर्दैं मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यो नया“ उडानस“गै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नेपाली वायुसेवा सञ्जाललाई एसिया प्रशान्त क्षेत्रमा अझै मजबुत बनाउ“दै लैजानमा विश्वास राखिएको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आकर्षण गर्ने क्वालालम्पुर नेपालीहरुले पनि लोकप्रिय गन्तव्य हो ।
हिमालय एअरलाइन्स्को पुनःआरम्भ उडान ज्ढ ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्स्को आवागमन उडान ज्ढ ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो ।
“हामी क्वालालम्पुर र काठमाडौंबीचको सिधा उडान पुनर्संचालन गर्न पाउ“दा एकदमै हर्षित भएका छौं । यी दुई स्थानबीचको उडानले दुवै देशका याुत्रहरुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । साथै, यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ । दुवै बजारबाट यस उडानका लागि ठूलो मांग भइरहेको छ र दुई देशको सरकारबीच भएको सम्झौताले यात्रुको संख्या पनि बढ्ने देखिन्छ । यो सञ्जालले मलेसियामा काम गर्नै ठूलो संख्यामा रहेका नेपालीहरुलाई मात्र सेवा प्रदान नगरी नेपाल भित्रिने मलय पर्यटकहरु वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । हाम्रा याुत्रहरुलाई नेपाली सत्कारसहित सहज, सुलभ र सिधा उडानको सेवा उपलब्ध गराउने आशा गर्दछौं । यो पुनः आरम्भ गरिएको उडान पर्यटन वर्ष २०२० मा अन्तर्राष्ट्रिय आवागमन लक्ष्यप्रति हिमालय एयरलाइन्स्को गहन प्रतिबद्धताको लागि अर्काे एउटा प्रयास हो । ” प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो ।
साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनामी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ ।
उल्लेखित सबै समय स्थानीय समय हुन् ।