तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
ओखलढुंगा एकता समाज मलेसियाले अङ्ग्रेजी नयाँ बर्षको सुरुवातिमा सुभकामना आदान प्रदान गर्ने भएको छ।
मलेसियामा बिगत चार बर्ष एता सकृय रूपमा ओखलढुंगा जिल्लाका युवा युबतिहरुको सक्रियतामा मलेसियामा स्थापित सस्थाले वैदेशिक रोजगारीका क्रममा मलेसिया आएका श्रमिक लाई भइपरी आएका समस्याको समाधान तथा ओखलढुंगा जिल्लामा परेका बिपती मा सघाउदै आइरहेको छ।
विशेषत ओखलढुंगा एकता समाज मलेसियाले अङ्ग्रेजी नयाँ बर्षको सुभकामना आदानप्रदान संगै चौथो बार्सिक उत्सब तथा महादिबेसन गर्ने तयारी गरेको ओखलढुंगा एकता समाज मलेसियाका उपाध्यक्ष नबराज गौतम ले बताए ।
उपाध्यक्ष गौतमका अनुसार अधिबेशन बाट सस्था लाई अझै थप बलियो पारेर अगाडि लैजान सक्ने नेतृत्व चयन गर्नुपर्ने बताउदै ओखलढुंगा जिल्लाका मलेसियामा रहेर काम गर्दै रहनु भएका साथीहरूलाई एकाबद्व भएर सस्थामा हातेमालो गर्न समेत अनुरोध गरेका छन।
चौथो बार्सिक उत्सब महादिबेसन तथा सुभकामना आदानप्रदान कार्यक्रम मलेसियाको क्वालालम्पुर स्थित फाएब इलिमेन्ट होटल मा बिहान १०:३० बासुरुहुने समेत गौले जानकारि दिए।




















