द-भ्वाइस अफ नेपालको दोस्रो संस्करणको बिजेता बने राम लिम्बु ।

काठमाडौं:= सांगीतिक रियालिटी शो द-भ्वाइस अफ नेपालको दोस्रो संस्करण शनिबारको ग्राण्ड फिनाले संगै सकिएको छ्न। फिनालेले दोस्रो संस्करणको विजेता राम लिम्बु भएको घोषणा गरेको छ ।

हिमालयन टेलिभिजनबाट प्रशारण हुँदै आएको
सो रियालिटी शो मा राम लिम्बु कोच प्रमोद खरेलको टिमका सदस्य थिए।
गएको साउन ३१ मा यो शो मा ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

१२ जना मध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।