ऋतिकको भावुक स्टाटस

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जाल इन्स्टाग्राममा मुटुको एउटा तस्वीर शेयर गर्दै भावुक स्टाटस लेखेका छन् । उनले तस्वीर शेयर गर्दै क्यापसनमा लेखेका छन्, मेरो मुटुको आकार । साच्चै हामी सबै कति भुल्नेरेबल छौं । सबैबाट प्रेम पाउन हामीले हाम्रो आधा जिन्दगीभन्दा बढी समय मिहिनेत गर्न नपर्ने भए । कति सजिलै बिर्सिन्छौं कि हामी सबै एक हौं, प्रेमले बनेका हौं ।’

उनको तस्वीरमा करिब ९ लाखले लाइक र कमेन्ट गरेका छन् । सार्वजनिक तस्वीरमा उनका एक प्रशंसक लेख्छन्, ‘मुटु एकदम स्वस्थ्य देखिरहेको छ ।’ त्यस्तै अर्का प्रशंसकले लेख्छन् ‘प्रेरणादायक ।’ अभिनयको कुरा गर्दा पछिल्लो समय ऋतिक फिल्म ‘सुपर ३०’ र ‘वार’मा देखिएका थिए । दुवै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोड भारुको व्यापार गर्दै सुपरहिट भएको थियो । ‘सुपर ३०’ र ‘वार’पछि ऋतिकले कुनै नयाँ प्रोजेक्ट साइन गरेका छैनन् ।