काठमाडौं । व्यंग्यकार तथा लेखक महेश थापाको कथासंग्रह मरीचिका ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ बाट सम्मानित हुने भएको छ ।
शारीरिक रुपमा अशक्त थापाले दुई औंलाको सहयोगमा लेखेको ‘मरीचिका’ यस वर्ष मदन पुरस्कारको निम्ति छनौट भएका उत्कृष्ट ७ पुस्तकको सूचीमा समेत परेको थियो ।
फरक शैली र स्वरुपका कथा ल्याएको भन्दै चर्चामा रहेको ‘मरीचिका’लाई केही अघि कविडाँडा साहित्य समाज, चितवनले ‘राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरेको थियो ।
कर्णाली साहित्य समाज, सुर्खेतले यसै वर्षदेखि स्थापना गरेको उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
मंसिर २१ गते सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रममा बीच पुरस्कार एवम् सम्मान प्रदान गरिने भएको छ ।
त्यसैगरी चर्चित लेखक बुद्धिसागरलाई २५ हजार राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ तथा कवि श्यामलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिने समाजद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।



















