सुनिल चौधरी,,
झुम्का:= सामाजिक मुद्धामा बहस र पैरवीगर्न सुनसरीका २५ जना युवा किशोरीहरुलाई रेडियो उद्धघोषण तथा प्रभावकारी भाषणकला तालिम दिन सुरु गरेको छ । प्लान नेपालको सहयोगमा युथ क्रिएशन सुनसरीले बुधवार देखि इटरीमा दुई दिवसिय तालिम सुरु गरेको हो ।
तालिम उद्धघाटन प्रदेश उपसभामुख सरस्वती पोख्रेलले गर्नु भयो । युवा किशोरीहरु उधेश्यलिएर अगाडी बढ्नु पर्ने प्रदेश उपसभामुख पोख्रेलले बताउनु भयो । रुचि अनुसार दक्षता पहिचानगरी उधेश्य लिएर योजना सहितको भुमिका खेल्नु पर्ने उहाँले सुझाव दिनु भयो । युवा उमेरमा जस्ले कन्ट्रोल गर्न सक्छ त्यसैले जिवनमा केही गर्न सक्छ, त्यसैले शिक्षा, ज्ञान, शिप आर्जनमा लाग्नु पर्छ भन्दै कसैको प्रलोभनमा नपर्न सचेत समेत गराउनु भयो । म बोल्न सक्छु भन्ने आत्मबिश्वास लिनु पर्छ, आत्मबिश्वासलाई साकार पार्न निरन्तर अध्ययन गर्नु पर्ने उपसभामुख पोख्रेलले बताउनु भयो ।


युथक्रिएशन सुनसरीका अध्यक्ष अमर बहादुर राईको सभापत्विमा सुरु भएको तालिममा सुनसरीका प्रत्येक स्थानियतहबाट किशोरी तथा युवा महिला संस्थाका सदस्यहरुको सहभागीता रहेको छ । किशोरी तथा युवा महिला शसक्तिकरण परियोजना अन्तर्गत किशोरीहरुलाई सामाजिक मुद्धा, बालबिवाह, दाईजोप्रथा, मानव बेचबिखन, प्रजन्न स्वस्थय सम्बन्धि सरोकारवालाहरु संग बहस र पैरवी गर्न बिभिन्न रेडियो तथा संचारमाध्यमद्धारा आफनो मुद्धामा वकालत गर्ने उध्ेश्य रहेको युथ क्रिएशनका अध्यक्ष अम्बर बहादुर राईले जानकारी दिनु भयो । तालिमकालागी डाक्टर शन्देस दास श्रेष्ठ र निशा दाहालले सहजिकरण गरिरहेका छन्।




















