सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार भूकम्पको धक्का ।

काठमाडौं:= नेपालमा २०७२ साल बैशाख १२ गते तिर गोरखा केन्द्रबिन्दु भएर आएको बिनाशकारी भुकम्प पछि स्यानो स्यानो भुकम्पको झटका,पराकम्पन बारम्बार आउने गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार  राती पुनः भूकम्प गएको छ । राती करिब १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सञ्चार माध्यमलाई जानकारी गराए ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायतको स्थानसम्म महसुस भएको थियो । बुधबार राति भने पराकम्पन नभएर नयाँ भूकम्प नै गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।