वन परिमार्जनको नाममा अध्यक्ष छोङ शेर्पाद्वारा उपभोक्तासंग घुस लिएको खुलासा ।

ओखलढुंगा := जनजाती सामुदायिक वन खिजी देम्बा ५ का उपभोक्त समितिले कार्तिक २२ गते वन परिमार्जन गर्ने भन्दै उक्त दिन जग्गा धनीपुर्जा र नक्शा सहित सिमाना छुटाउन आउनु पर्ने भन्ने सूचना जारी गरेको थियो । उपभोक्ता समितिको कार्यसमितिले आफैले जारी गरेको सुचना भन्दा अगाडिनै कार्तिक १६ गते बाट स्थानीय लाई जानकारी नदिई आफु अनुकुलको सिमाङकन छुटाउन थालेको र स्थानीयको जग्गामा समेत सिमाना मिच्दै गएपछि स्थानीय ङावाङ नुरी शेर्पाले बिरोध गर्दा
उपभोक्त समितिको अध्यक्ष शेर्पा द्वारा गाली गरेको स्थानीयले बताए ।

(अध्यक्ष छोङ शेर्पा)

अध्यक्ष छोङ शेर्पा लामा आफैले जनजाती सामुदायिक वनको सिमाङकन नम्बर लगाएको २ वटा रुख काटेको छोङ शेर्पाकै मामा पासाङ शेर्पाले प्रष्ट पारे भने सिमाना छुट्टाउदै गर्दा स्थानीय गोरे शेर्पाको बारी संगैको रहेको खाली जग्गा गोरे शेर्पा लाई नै भोगचलन गर्न दिने भन्दै कार्तिक १६ गते बिहानै नक्सा लिएर आएको र रु.२०,००० घुस मागेको र गोरे शेर्पा सोझो र अशिक्षित ब्याक्ती भएको हुनाले केही बेर सम्म गान्थन गर्दा गोरे शेर्पाले रु.६००० दिन मन्जुर भएको र अध्यक्ष छोङ शेर्पाले उक्त कुरालाइ गाउँले तथा कोहि कसैलाई नभन्न र भन्यो भने अप्ठ्यारोमा पर्ला भन्दै डरत्रास देखाएर रु.६००० लिएर गाएको गोरे शेर्पाका कान्छी श्रीमतीले बताए र उक्त कुरा जुठो होकि सत्य भनेर फोन मार्फत स्थानीय उपभोक्त सदस्य नुर्वु शेर्पा ले फोन मार्फत बुझ्दा सत्य भएको जानकारी गराए।

उपभोक्त सदस्य चेत बहादुर तामाङ बाट पनि रु.३००० लिएको पाएको छ अध्यक्ष छोङ शेर्पा लामाले अध्यक्ष आफु भए देखि जडिबुटी ब्यापारी बाट पनि डरत्रस देखाउदै भित्रभित्रै रकम लिएर खाने गरेको उपभोक्त सदस्य हरुको गुनासो रहेको छ। (साभार:- हिमाली सन्देश बाट )