मलेसियामा गुरुङ समुदायले ल्होसार मनाउने / दुई दर्जन बढी कलाकारको उपस्थिति ।

आरएन चौधरी थारु,

क्वालालम्पुर(मलेसिया) अङ्ग्रेजी नयाँ बर्ष २०२० नजिकिदै गर्दा देश,बिदेशमा रहेका समाजिक,राजनितीक,संघसंस्थाले विभिन्न किसिमको कार्यक्रम आयोजना गर्ने तिब्र तयारी गरिरहेको छ । त्यहीँ तयारीकै क्रममा तमु समाज मलेसियाले नया वर्ष २०२० को अवसर पारेर जनवरी एक तारिखका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल एरिना स्टारको प्राङ्गणमा मलेसियामा रहेका गुरुङ समुदायले ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ आयोजना गरि मनाउने भएको छ।

गुरुङ समुदायको नयाँ वर्ष पात्रो अनुसार मृग वर्षको बिदाई गरेर मुुसा वर्षको स्वागत गर्दै “तमु च्यु ल्हो” को अवसरमा उक्त कार्यक्रम गर्न लागिईएको हो। बिहान १०:३० बजे बाट सुरु हुने कार्यक्रममा मलेसियामा रहेका स्थानीय करिव दुई दर्जन नेेपाली कलाकारहरुको बेजोड सांङ्गितीक प्रस्तुति रहने तमु समाज मलेसियाका महासचिव दिल तमुले जानकारी गराए ।

प्रवासमा रहेर पनि आफ्नो भाषा,धर्म र कलासंस्कृति जगेर्ना गर्ने उदेश्य बोकेको तमु समाजले हरेक वर्ष विभिन्न किसिमको कार्यक्रम हरु आयोजना गर्दै आएको छ्न । तमु समाजको आयोजनामा हुन गैईरहेको उक्त कार्यक्रमका मुख्य प्रायोजकहरुमा सोल्टी रेस्टुरेन्ट ,खाजा घर रेस्टुरेन्ट , अन्नपूर्ण मिनीमार्केट ,गुरुङ मार्केटिङ ,गोर्खा किचन (जेबी) न्यु कास्की रेस्टुरेन्ट र ए-वान रेस्टुरेन्ट लगायतको रहेका छन्।