तिलोचन गौतम क्वालालम्पुर जनउद्वार केन्द्र मलेसियाले मलेसियाको पेनाङ स्थित जुरु घरफिर्ती केन्द्र बाट गत बिहिवार नोभेम्बर २१ मा १३ नेपाली कामदार स्वदेश फिर्ता गराइदिएको छ। विभिन्न समय र कारणले मलेसियाका जेलहरुमा मलेसिया सरकारले देहायबमोजिमको कसुर अनुसारको सजाय भुक्तान गरिसकेपश्चात जुरु घरफिर्ती केन्द्रमा लामो समयदेखी स्वदेश फर्कनको लागि टिकट को पर्खाईमा रहेका नेपालीहरू लाई जनउद्धार केन्द्र मलेसियाको विशेष पहल र नेपाली राजदुतावास क्वालालम्पुर तथा सोयम पीडितका आफन्त हरुको सहयोगमा गत बिहीबार स्वदेश फर्काईएको हो ।
स्वदेश फर्कनेहरुमा पाल्पाका लोक बहादुर कामु, खड्ग बहादुर पल्ली, धनुषाका बाशुदेब यादब देब नन्दन यादब, जाजरकोटका प्रेम बहादुर बितली, गोर्खाका मान बहादुए गुरुङ , सिराहाका धर्मनाथ सिंह,मनोज कुमार यादब , सुनसरीकि कबिता राई, खोटाङका भुमिराज राई, सल्यानका धनबहादुर गिरि , भोजपुरका रुपेश थापा र नवलपरासीका ओम बहादुर पौडेल रहेका छन ।
घरदेश फर्कने सबैलाइ सुखद यात्राको कामना गर्दै कुनैपनी नेपालीले बिदेशी भुमिमा समस्या झेल्नु नपरोस भनेर आफुहरु निरन्तर सेवा भाव लिएर उद्वार तथा सहयोगमा लागिरहेको जनद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले बताउनुभयो।




















