काठमाडौं := थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला सम्मेलन हुनेभएको छ । मंगलबार ललितपुरमा भएको एक कार्यक्रम बीच अम्बिका चौधरीको संयोजकत्वमा २७ सदस्यीय तयारी समिति गठन गरिएको छ ।
सम्मेलन यहि पुष १२ र १३ गते उदयपुरमा सम्पन्न हुने आयोजकले बताएका छन् । मोर्चाको राष्ट्रिय युवा सम्मेलन केहिदिन पहिले नवलपरासीमा सम्पन्न भएको थियो ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय कमान्डर लक्ष्मण थारु हुनुहुन्छ । उहाँकै नेतृत्वमा थारु आन्दोलनलाई अझ थप शशक्त,आक्रामक बनाउने पहल र तयारी गरिदैछ्न ।




















