तामाङ कलाकार संघ मलेसियाको वार्षिकोत्सव तथा अधिवेशन हुदै।

आउदो डिसेम्बर महिना 22 तारिख आईतवारका दिन नेपाल तामाङ कलाकार संघ मलेसिया को दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने भएको छ।।

प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रितिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको कार्यक्रम मलेसियाको राजधानी क्वल्ला लम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटल (grand continantal hotel) मा हुन लागेका हुन। कार्यक्रममा संस्थाले अहिले सम्म गर्दै आएका विविध सामाजिक कार्यहरु पनि बाचन गरिने छ। साथै अहिले सम्म धेरै पिडित रोगी हरुलाई सेवा गर्दै अगाडि र आगामी दिन मा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ अगाडि बड्ने र पहिलो अधिवेशन र दोस्रो वार्षिक उत्सब भएको हुदा स्थानिय कलाकार हरु द्वारा धेरै रमाईलोको साथ गरिने उक्त संघका सचिव अमिर लोप्चन तामाङले जानकारी दिनु भएको छ।।

अहिले सम्म संस्थाले विभिन्न क्षेत्रमा अग्रसर रहनु भएका समाज सेवि,पत्रकार,कलाकार,खेलाडी हरुलाई सम्मान गरिदै आएको र आउदो कार्यक्रममा पनि सम्मान गरिने र प्रवास मै रहि विभिन्न बिधा लाई आत्मा सात गर्दै आउनु भएको स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुती रहने पनि उक्त तामाङ कलाकार संघका सचिव अमिर लोप्चन तामाङले जानकारी दिनु भएको छ।।।