क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा शनिबार नेपाल आदिवासी जनजाति महासंघ मलेसिया कार्यसमितीद्वारा मलेसियाका लागि नब नियुक्त उप नियोग प्रमुख ( DCM ) मोतीराम श्रीश मगरलाई स्वगत कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा बोल्दै राजदुत पाण्डेले नियम बिपरित कार्य गर्ने कसैलाई छुन नहुने बताए । गतल कार्य गर्ने केही बिचौलियालाई सामान्य कार्वाही गरि चेतावानी दिई छोडि दिएकाछौं र दुतावासकै दुई कर्मचारीलाई जागिर बाटै निकालिएको समेत जनकारी गराए ।
‘ब्याक फर गुड’ कार्यक्रममा जसरी दुतावासले कडाई गरेकोछ तेसै गरि मलेसियाबाट नेपाल जाने नयाँ डिमाण्ड स्विकृतिमा पनि कडाई गर्ने बताए । नयाँ डिमाण्ड नेपाली दुतावासले स्वीकृति नगरी पठाउन नपाउने नेपाल मलेसिया बिच भएको श्रम सम्झौतामा उल्लेख छ । कम्पनीको एच आर आधिकारिक पत्र लिएर आए पछि मात्र दुतावासले डिमाण्ड स्वीकृत गर्छ । मलेसियालाई नेपालीहरुको बैदेशिक रोजगारकप सुरक्षित र मर्यादित गन्तव्य बनाउने प्रयासमा छौँ । नियम बिपरित एउटा डिमाण्ड पनि स्वीकृत नगर्ने र यदो कसैले गलत तरिकाबाट काम गर्ने चेष्टा गरेमा गर्ने र गराउने दुबैलाई कार्वाहि हुनेछ । तेसैले नेपालबाट झोला भिरेर नेता वा मन्त्रीको पावरमा मलेसिया आएर डिमाण्डको स्वीकृति लिन्छु भन्ने भ्रममा नपर्ने सबै म्यानपावर ब्यबसायीहरुलाई राजदूत पाण्डेले आग्रह गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले नब नियुक्त उप नियोग प्रमुख मगरलाई स्वागत तथा कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । साथै मलेसियाका लागि नब नियुक्त गप नियोग प्रमुख मगरले नेपाल आदिवासी जनजाति महासंघ मलेसियालाई धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा नेपाली मजदुरहरुको लागि राम्रा कार्यहरि गर्ने प्रतिबद्धता ब्यक्त गरे का थिए।
कार्यक्रममा अध्यक्ष राईले नब निर्वाचित नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका समितिको जानकारी पत्र पनि राजदुत पाण्डेलाई बुझाएका थिए।उक्त कार्यक्रममा महासंघमा आबद्ध पदाधिकारी सदस्यहरुको सहभागीता रहेको थियो ।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको मलाक्का राज्यस्थित आयेर केरोह क्षेत्रमा गरिएको संयुक्त अनुगमन तथा कारबाहीका क्रममा ४ नेपालीसहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।
हाङ तुआह जाया...
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशको सीमा सुरक्षा र अध्यागमन व्यवस्थालाई थप मजबुत बनाउन कडा कदम चालेको छ। मलेसियाको नवगठित सीमा नियन्त्रण र सुरक्षा एजेन्सी...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी नागरिकलाई स्थानीय मलेसियन नागरिकको नाममा व्यवसायको इजाजतपत्र प्रयोग गरेर अवैध रूपमा व्यापार सञ्चालन गर्न दिने व्यक्ति, व्यवसायका मालिक तथा सहयोगीमाथि...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा बढ्दो महँगी र आर्थिक दबाबका कारण युवाहरू आफ्नो व्यक्तिगत जीवनका महत्त्वपूर्ण निर्णयहरू पछि सार्न बाध्य भएका छन्। हालै सार्वजनिक भएको 'रिंगिटप्लस...
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले राष्ट्रिय सुरक्षा र डिजिटल डेटा सार्वभौमिकतालाई ध्यानमा राख्दै इजरायली मूलको चर्चित नेभिगेसन एप 'Waze' (वेज) माथि प्र’ति’बन्ध लगाएको छ। सरकारका...