क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा शनिबार नेपाल आदिवासी जनजाति महासंघ मलेसिया कार्यसमितीद्वारा मलेसियाका लागि नब नियुक्त उप नियोग प्रमुख ( DCM ) मोतीराम श्रीश मगरलाई स्वगत कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा बोल्दै राजदुत पाण्डेले नियम बिपरित कार्य गर्ने कसैलाई छुन नहुने बताए । गतल कार्य गर्ने केही बिचौलियालाई सामान्य कार्वाही गरि चेतावानी दिई छोडि दिएकाछौं र दुतावासकै दुई कर्मचारीलाई जागिर बाटै निकालिएको समेत जनकारी गराए ।
‘ब्याक फर गुड’ कार्यक्रममा जसरी दुतावासले कडाई गरेकोछ तेसै गरि मलेसियाबाट नेपाल जाने नयाँ डिमाण्ड स्विकृतिमा पनि कडाई गर्ने बताए । नयाँ डिमाण्ड नेपाली दुतावासले स्वीकृति नगरी पठाउन नपाउने नेपाल मलेसिया बिच भएको श्रम सम्झौतामा उल्लेख छ । कम्पनीको एच आर आधिकारिक पत्र लिएर आए पछि मात्र दुतावासले डिमाण्ड स्वीकृत गर्छ । मलेसियालाई नेपालीहरुको बैदेशिक रोजगारकप सुरक्षित र मर्यादित गन्तव्य बनाउने प्रयासमा छौँ । नियम बिपरित एउटा डिमाण्ड पनि स्वीकृत नगर्ने र यदो कसैले गलत तरिकाबाट काम गर्ने चेष्टा गरेमा गर्ने र गराउने दुबैलाई कार्वाहि हुनेछ । तेसैले नेपालबाट झोला भिरेर नेता वा मन्त्रीको पावरमा मलेसिया आएर डिमाण्डको स्वीकृति लिन्छु भन्ने भ्रममा नपर्ने सबै म्यानपावर ब्यबसायीहरुलाई राजदूत पाण्डेले आग्रह गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले नब नियुक्त उप नियोग प्रमुख मगरलाई स्वागत तथा कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । साथै मलेसियाका लागि नब नियुक्त गप नियोग प्रमुख मगरले नेपाल आदिवासी जनजाति महासंघ मलेसियालाई धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा नेपाली मजदुरहरुको लागि राम्रा कार्यहरि गर्ने प्रतिबद्धता ब्यक्त गरे का थिए।
कार्यक्रममा अध्यक्ष राईले नब निर्वाचित नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका समितिको जानकारी पत्र पनि राजदुत पाण्डेलाई बुझाएका थिए।उक्त कार्यक्रममा महासंघमा आबद्ध पदाधिकारी सदस्यहरुको सहभागीता रहेको थियो ।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा आयोजना भैइ सम्पन्न भएको North Borneo Open Karate-do Championship तथा थाइल्यान्डको बैंककमा आयोजना भएको Thailand Open 2026 मा सहभागी हुन नेपालबाट...
काठमाडौं:= वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष...
क्वालालम्पुर (मलेसिया):= नेपालमा गत अगस्ट २६ मा चीन तिब्बत - रसुवा नाकाहुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको मानवीय क्षतिप्रति मलेसिया...
क्वालालम्पुर:= नेपालमा हालै चीन तिब्बत - रसुवा नाकाहुँदै आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारका लागि मलेसियाका एक व्यवसायीले १ हजार २...
क्वालालम्पुर(मलेसिया):= मलेसियाको क्वालालम्पुर क्षेत्रमा सुरक्षागार्डका रूपमा कार्यरत एक नेपाली श्रमिक धर्मविरोधी तथा मुस्लिम समुदायप्रति आपत्तिजनक अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीको कारबाहीमा...