अर्घाखाँचीको नरपानी रातामाटामा जिप दुर्घटना हुँदा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । सोमबार भएको दुर्घटनामा परि चालकसहित ६ जना गम्भीर घाइते र तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालीका २ का २४ बर्षिय दिलिप अधिकारीको मृत्यु भएको छ।
त्यस्तै दाङ जिल्ला लमही नगरपालिका(५ आदर्शटोल मिलनचोकका ५१ वर्षीय घनश्याम खनाल र उनको श्रीमती ४६ वर्षीय श्याकला खनाल रहेका छन्। घाइते ६ जना मध्ये ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। घाइते मध्ये अर्घाखाँची भुमिकास्थान नगरपालीका १० धनचौर निवासी १९ बर्षिय सिमा रेग्मी र वहाँको १ बर्षिय छोरा आदित्य रेग्मी जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि घर फर्केका छन् ।
अन्य घाइतेहरुमा कपिलवस्तु बुद्धभूमि २ का जिप चालक बिरेन्द्र श्रेष्ठ , अर्घाखाँची भुमिकास्थान १० का ३० बर्षिय उमेस रेग्मी , भुमिकास्थान २ ढाकावाङ घर भई हाल दाङ लमही ५ मिलनचोक बस्दै आएका १२ बर्षिय अनिता खनाल र सोहि ठाँउका १६ बर्षिय बिन्दु खनालको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते १२ बर्षिय अनिता र १६ बर्षिय बिन्दु मृतक दुई दम्पतीका छोरीहरु हुन् ।
मृतक खनाल दम्पतीको ४ जनाको परिवार ढाकावाङ स्थित बृद्ध बुवाआमाको हातबाट बडादशैको टिका थाप्न आफ्नो थातथलो जादै थिए । अर्का मृतक अधिकारीको घरमा यस पटक टीका नभएपछी कपिलवस्तु बाट अर्घाखाँची ठुलापोखरा मामाघर टिका लगाउन जादै गर्दा दुर्घटनामा परि निधन भएको हो । गोरूसिङगेबाट सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बरको लंका यातायातको टाटा सोमो बलेरो जिप सन्धिखर्क ६ नरपानी रातामाटा सडकखण्डबाट करिव १ किलो मिटर भीरबाट खसेर गाडी क्षदविच्छेद अवस्थामा खोलामा पुगेर दुर्घटना ग्रस्त भएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने एउटा नियमित प्रक्रिया मात्र होइन। यो कांग्रेस कस्तो पार्टी बन्ने? कसका आवाज समेट्ने? र बदलिँदो नेपाली समाजसँग...
काठमाडौं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमान ले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव सँग मन्त्रालयमा द्विपक्षीय...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले नक्कली E-PLKS बनाउने तथा उपलब्ध गराउने गतिविधिविरुद्ध सञ्चालन गरेको ‘Ops Serkap’ अन्तर्गत क्वालालम्पुरको Jalan Chan Sow Lin...
काठमाडौं:= नेपालमा गत भदौ १० गते आएको बाढीपहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि लिङ्कन यूनिभर्सिटी कलेज मलेसिया Lincoln University College...
क्वालालम्पुर, मलेसिया — मलेसियाको सडक यातायात विभाग (JPJ) ले वैध ड्राइभिङ कागजातबिना विदेशी नागरिक र (रोहिङ्ग्या) ले तीनपाङ्ग्रे मोटरसाइकल चलाएको अवस्थामा तीन पाङ्ग्रे मोटरसाइकल...