काठमाडौं । मैतिदेवीमा अवस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेसन (एलबीइएफ क्याम्पस) ले आफ्ना पुराना विद्यार्थीहरुबीच मिलाप कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रम असोज १० गते शुक्रबार हुने कलेजका एजुकेटिभ डाइरेक्टर प्रकाश कुमारले जानकारी दिएका छन् । उनले गतबर्ष पनि लर्डबुद्धले मिलापको आयोजना गरेको बताउँदै यसले विद्यार्थीलाई भरपुर फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
विगत २० बर्षदेखि शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याउँदै आएको यस कलेजमा स्नातक तथा स्नाकोत्तर उर्तिण गरि आफ्नो–आफ्नो व्यवसाय तथा रोजगारमा रहेका पुराना साथीहरुबीचको जमघट गराउने उद्देस्य लिएर मिलाप कार्यक्रम गर्न लागेको एलबीइएफ क्याम्पसका डाइरेक्टर पंकज जलानले बताए । उनले भने, ‘ नेपालकै पहिलो आई टी कलेजका रुपमा पहिचान बनाएको यस कलेजका भूतपूर्व विद्यार्थी राष्ट्रकै गरिमामय पदमा पुगेका छन् । अहिले उनीहरुले हाशिल गरेको उपलव्धिलाई अन्य साथीहरुसँग आदान प्रदान गराउनु यस कार्यक्रमको मुख्य उद्देस्य हो ।’
लर्डबुद्धले ८ हजार भन्दा बढी विद्यार्थीलाई दिक्षित गरिसकेको बताउँदै हिजोका हाम्रा विद्यार्थी वर्तमान अवस्थामा को कहाँ र के कति जिम्मेवारी तथा उपलव्धिमा होलान् र अब समाज परिवर्तनका लागि कसरी र कुन कुराको जरुरत छ मिलापले त्यस कुरामा सहज बनाउने अपेक्षा लिन सकिन्छ । यस कुरामा पनि पुराना विद्यार्थीहरुबीचको भेटघाट अपरिहार्य हुनसक्छ, उनले भने ।
नेपालकै पहिलो आईटी कलेजको रुपमा पहिचान बनाएको यस कलेजमा हाल एसिया प्यासिफिक युनिभर्सिटी अन्तर्गतको स्नातक तहमा विएस्सी आईटी तथा विविएम र स्नाकोत्तर तहमा एमबीए तथा एमएस्सी आईटीएमको विहानी तथा विकेण्ड (हप्तामा २ दिन ) कक्षाहरु संचालन भइरहेका छन् ।



















