भोजपुर । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका छन्।
उनलाई आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकैको जंगलबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
प्रजिअ खतिवडाका अनुसार विष्टको साथबाट गोली भरिएका इटालियन अटोमेटिक पेस्तोल दुई थान, ६ राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान र नगद बरामद गरिएको छ।
उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।




















