
क्वालालाम्पुर(मलेसिया):= मलेसियामा केही दिनयता देखी तीब्र वायु प्रदुषणका कारण आम जनजीवनमा असर पर्ने देखिएपछि यहाका अधिकारीहरुले नागरिकलाई शतर्क रहन सचेत गराइएको छ ।
वायु प्रदुषणको स्तर नाप्ने ‘एयर पोलुसन इन्डेक्स, एपिआई’का अनुसार २ सय पोईन्ट पनि नाघिसकेको बताइएको छ । जुन ‘अति अस्वास्थ’ अवस्था भएको अधिकारीहरुले जनाएका छन् ।वायु प्रदुषणले गर्दा आँखा दुख्ने,रिङ्ग्टा लाग्ने,ज्वरो आउने किसिमको रोगको लक्षणहरु कतिपय मानिसहरुमा देखिएको छन भने यसबाट आप्रवासी नेपाली कामदार समेत लाभान्वित भएको छ ।
वायुको बिग्रँदो अवस्थासँगै यहाँका प्रधानमन्त्री महाथिर मुहम्मदले यस्तो समस्या समाधान गर्नुपर्ने भन्दै चासो देखाएका छन् ।वायु प्रदुषणका कारण मलेसियामा रहेका सात राज्यका १४ सय ८४ वटा स्कुल बन्द गरिएको छ । लाखौं प्राथमिक तहका विद्यार्थीलाई स्कुल पठाइएको छैन ।यस्तै युवा तथा खेलकुद मन्त्रालयसहित प्रभावित क्षेत्रका केही कम्पनी र संस्थानका कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ ।




















