२ वटा झोलुङ्गे पुल एकैसाथ बनेपछि स्थानीय हर्षित ।

राम अवतार चौधरी,,
कपिलवस्तु := विगत लामो समय देखि पुल नहुँदा समस्यामा रहेको भितरिया बासी पुल बनेपछि आवत–जावत गर्न सहज हुनुका साथै हर्षित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–३ अन्र्तगत पूर्व–पश्चिम राजमार्गमा खरेन्द्रपुर चोक देखि करिब साढे ३ किलोमिटर उत्तरतर्फ घना जङगलमा पर्ने भितरिया गाउँ बाट बजार आवत–जावतमा समस्या हुँदै आएको थियो । भितरिया गाउँमा पुग्न दुई वटा खोला पर्दछ जुन जवई खोलामा हिजो बिहिबार पक्की पुलको सिल्यनास भएको छ र अर्को मैनार खोलामा हालै झोलुंगे पुल निर्माण भएको छ ।

मैनार खोलामा झलुङ्गेपुल बनेपछि सहज भएको स्थानियहरुको भनाई छ । बर्षातको समयमा आवत जावतमा समस्या भोगिरहेको गाउँबासीलाई पुल बनेपछि आवतजावत गर्न सहज भएको हो । पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । करिब ८० घरधुरी रहेको भितरिया गाउँमा पुल बनेपछि अहिले स्थानियहरु पुल बाटै आवत–जावत गर्ने गरेका छन् ।
साथै भितरिया गाउँसँगै जोडिएको कपिलवस्तुकै पर्यटकीय स्थल सोनवागढ पुग्न सुकबेल खोला तर्नु पर्दछ तर्सथ सो खोलामा पनि मैनार खोलाको पुलसँगै उक्त खोलामा पनि झोलुंगे निर्माण भएको छ । जुन ७३ मिटर लम्बाई र ५६ लाखको लागतमा निर्माण भएको बताइएको छ ।

नेपाल सरकारले तुइन हटाउने योजना देशैभर संचालन गरेको अभियान स्वरुप कपिलवस्तुका विभिन्न स्थानमा झोलुङ्गेपुल निमार्ण भइरहेको छ । लिडो र सेवक नामक संस्थाको प्रविधिक सहयोगमा ४९ लाख को लागतमा निमार्ण भएको निमार्ण उपभोक्त समितिका अध्यक्ष कपिलदेव खनालले बताए । ५० मिटर लम्बाईमा निमार्ण भएको उक्त पुल बर्षातको समय भएकाले निमार्णमा केहि समस्या आएको खनाले जनाए । मैनार र सुकबेल खोलामा एकैसाथ बन्दै गरेको पुलमा प्राविधि त्रुटी भएकै कारण दुबै पुल गरि १ लाख ३ हजार रुपैया थप गरि साथै असार मसान्त भित्र बन्नुपर्ने पुल लगभग १ महिना जतिको म्याद थप गरि निर्माण कार्यमा ढिला भएको थियो । अहिले भने काम सम्पन्न भइसकेको छ मोटरसाईकल, साइकल र पैदाल यात्रुहरु पुलको माध्यमबाटै आवतजावत गरिरहेका छन् अध्यक्ष खनालले बताए ।
पुल नहँुदा विद्यार्थीलाई विद्यालय पुग्न र बिरामीहरुलाई स्वास्थ्य संस्था पुग्न समस्या भएको थियो । वर्षातको समयमा करिव एक महिना सम्म विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्था रहेको स्थानिय भितरिया गाउँका अध्यक्ष राम बहादुर थारुले बताए । विद्यालय जान भनि विद्यार्थी खोला सम्म आउने तर खोलामा वाढी आउँदा फर्किने गरेका थिए अहिले पुल बनेपछी नियमित विद्यालय जाने गरेका छन् थारुले भने ।

यति मात्र होईन जागिर गर्ने तथा बजार जान पनि बर्खाको समयमा समस्या रहँदै आएको वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए । “पुल निमार्ण भएको छ अव गाउँवासीलाई सहज हुने अपेक्षा लिएको छु” सापकोटाले भने । भितरिया गाउँ पुरानो गाउँ भएपनि विकासमा पछाडि रहेकोले वडा ले भितरियालाई प्राथमिकतामा राखेको उनले जनाए । खरेन्द्रपुर देखि भितरिया सम्म जाने सडकमा पर्ने जवई नदीमा पक्की पुलको काम सुरु भएको उनले जनाए । १ करोड १३ लाखको लगानीमा उक्त पुल चैत्र सम्म निमार्ण कार्य सम्पन्न हुने सापकोटाले बताए ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरभित्रका सबै गाउँहरु सम्म जोड्न पुलको व्यवस्था हुने बताए । अव कसैले पनि नदि तथा खोलाको कारणले गन्तव्य सम्म पुग्न नसक्ने पिडा सहन नपर्ने उनले जनाए । शिवराज नगरपालिका पछाडि परेका गाउँहरुलाई अहिले प्राथमिकतामा राखेको नगर प्रमुख अधिकारीले बताए।