काठमाडांै । नेपाल आयल निगमले पाइपलाइनको उद्घाटनकै दिन पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार दिउसो १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा २÷२ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ । नयाँ मूल्यसँगै अब पेट्रोल प्रतिलिटर १०७ र डिजेल तथा मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर पेटोल तथा डिजल र मटिटतेल क्रमशः १ सय ९ र ९७ रुपैयाँ रहेको थियो । उपभोक्तालाई राहत दिन स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा हुने बचत र मुद्रा विनियमदरको उतार चढावलाई ध्यानमा राखी मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
पछिल्लो मूल्य समायोजनपछि भारतभन्दा नेपालतर्फ पेटोल प्रतिलिटर १५ रुपैयाँ ६१ पैसा र डिजल १६ रुपैयाँ ३० सस्तो रहेको निगमले जनाएको छ । पैसा २०७१ सालदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको निमगले हालसम्म २५ पटक मूल्य घटाइएको र १८ पटक वृद्धि गरिएको बनाएको छ ।



















